Nidan Media

पाेखराको बाराही माविले मनायो ६८औँ वार्षिकोत्सव

पोखरा । पोखरा महानगरपालिका वडा नं ५ मालेपाटनस्थित बाराही माविको ६८औँ वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा-५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले शिक्षाको विकास बिना कुनै पनि विकासको कल्पना गर्न नसकिने बताए ।

समयसापेक्ष शिक्षा आजको आवश्यकता भएको भन्दै वडाध्यक्ष बरालले गुणस्तरीय शिक्षाका लागि सहयोग गर्न सधैँ तयार रहेको प्रतिवद्धता जनाए ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक शिवप्रसाद भण्डारीले गुणस्तरीय शिक्षासहित विद्यालयलाई उत्कृष्ट बनाउन लागि परेको स्पष्ट पारे ।

प्रअ भण्डारीको प्रतिवेदनअनुसार २०१४ सालमा स्थापित विद्यालयमा हाल सात सय छ जना विद्यार्थी अध्ययनत छन् । साथै कक्षा १२ सम्मको पढाई हुने विद्यालयमा ३८ जना शिक्षक र पाँच जना कर्मचारी कार्यरत छन् ।

कार्यक्रममा व्यवस्थापन समिति सदस्य दीपक खड्का,शिक्षक-अभिभावक संघका अध्यक्ष हरि पन्त, शिक्षक प्रतिनिधि सुरेश कुमार पौडेललगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्तराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक तुलसीप्रसाद भण्डारीले गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांगीतिक प्रस्तुति राखेका थिए ।

सोही अवसरमा तायाःमचाः नाच समिति पोखरा-५ ले विद्यालयलाई खेलकूद सामग्री हस्तान्तरण गरेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.