पोखरा । लोक-दोहोरी क्षेत्रका लोकप्रिय आवाज गायिका जानुका तामाङ र गायक वसन्त थापाले प्रस्तुत गरेको नयाँ गीत ‘रानी हजुरको’ लोकप्रिय बनेको छ ।
गीत सार्वजनिक भएको केही समयमै सामाजिक सञ्जाल तथा युट्युबमार्फत दर्शक-श्रोताको ध्यान आकर्षित गर्न सफल भएको छ।
परम्परागत शैली र आधुनिक संगीत संयोजनको मिश्रणले गीतले सबै उमेरका श्रोतामा आकर्षण पैदा गरेको छ। गीतमा प्रेम, सम्मान र आत्मीय भावनालाई लोकधुनको मिठाससहित प्रस्तुत गरिएको छ।
जानुका तामाङकै शब्द रचनामा तयार गरिएको गीतमा सुदीप परियारको संगीत संयोजन छ। सरल शब्द, मधुर धुन र दुबै कलाकारको सन्तुलित स्वरले गीतलाई मन छुने बनाएको छ।
सार्वजनिक गरिएको भिडियोमा गाउँघरको परम्परागत सांस्कृतिक परिवेश, भेषभूषा र जीवन शैलीलाई आकर्षक रूपमा चित्रण गरिएको छ।
ग्रामीण दृश्य, प्रकृति र भावनात्मक अभिव्यक्तिले भिडियोले लोकगीतको मौलिक स्वादलाई झल्काएको छ।
गीतको प्रकाशनसँगै बसन्त थापा र जानुका तामाङका अन्य गीतहरू मन पराउने दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको छ।
“रानी हजुरको” समकालीन लोक-दोहोरी संगीतमा मौलिकता र आधुनिकता दुवैको सन्तुलन प्रस्तुत गर्ने सफल प्रयास गरिएको छ ।
साथै सरल तर प्रभावकारी शब्द, मधुर धुन र दुवै कलाकारको सन्तुलित आवाजले गीतमा प्रेम, सम्मान र आत्मीयताको भावनालाई अत्यन्तै रमणीय बनाइदिएको छ।
सार्वजनिक गरिएको भिडियोमा गाउँघरको संस्कृति, परम्परागत भेषभूषा र ग्रामीण परिवेशलाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ। दृश्य-संयोजनमा प्रयोग भएका प्राकृतिक दृश्य, घर-परिवारका गतिविधि र कलाकारको भावनात्मक अभिनयले भिडियोलाई थप प्रभावकारी बनाएको छ। दर्शकहरूले भिडियोको सिनेमाटोग्राफी र मौलिकता दुवैको प्रशंसा गरिरहेका छन्।
गीतको प्रकाशनसँगै वसन्त थापा र जानुका तामाङका प्रशंसक तथा लोक-दोहोरी संगीत मन पराउने दर्शकहरू सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
कतिपयले दर्शकले गीतलाई “लोक संगीतको पुनःजागरणमा महत्वपूर्ण योगदान” भनेर उल्लेख गरेका छन्।
गीतको म्युजिक भिडियो युट्युबमा उपलोड भएको एक दिनमै एक दिनमै ५६ हजारले हेरिसकेका छन् ।
भिडियो





