Nidan Media

नौ वर्षमा ६२ प्रतिशतले घट्यो एड्सबाट हुने मृत्युदर

काठमाडौँ । एड्स रोग नियन्त्रण गर्न प्रयोग गरिने औषधि एआरटीको प्रयोगका कारण पछिल्लो नौ वर्षमा एड्स रोगबाट हुने मृत्युदर ६२ प्रतिशतले कम भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

डब्लुएचओका अनुसार एआरटीको पहुँच र सेवा विस्तारका कारण सन २०१५ देखि २०२४ सम्म एड्ससम्बन्धी रोगबाट हुने मृत्युदरमा ६२ प्रतिशतले कमी आएको हो भने नयाँ संक्रमण ३२ प्रतिशतले कम भएको छ ।

हाल एचआईभी भएका व्यक्तिमध्ये ८५ प्रतिशतले आफ्नो अवस्था थाहा पाएका छन् । जसमध्ये ७४ प्रतिशत (करिब २दशमलवप७ मिलियन) उपचारमा छन् र ७२ प्रतिशतले भाइरल दमन हासिल गरेका छन् । तर, यी प्रगतिहरू विश्वव्यापी ‘९५-९५-९५’ लक्ष्यसम्म पुग्न अझै पर्याप्त छैन ।

डब्लुएचओका अनुसार दक्षिण-पूर्व एसिया क्षेत्रमा एचआइभीको बोझ अझै उच्च छ । गत वर्ष ८८ हजार नयाँ संक्रमण भएका थिए भने करिब ५० हजार व्यक्तिको एचआइभीसम्बन्धी रोगका कारणले मृत्यु भयो । वर्तमानमा करिब ३दशमलव५ मिलियन मानिस एचआइभीसँग जीवन यापन गरिरहेका छन् ।

यी चुनौतीहरू हेपाटाइटिस बी (४२ मिलियन), हेपाटाइटिस सी (७ मिलियन) र यौन संक्रमण (६० मिलियन) का साथ थप जटिल बनेका छन् । संवेदनशील समूहहरू विशेष गरी जोखिममा छन् । पुरुष-पुरुष यौन सम्पर्क गर्ने, औषधि सुई प्रयोग गर्ने, ट्रान्सजेन्डर र सेक्स कामदार तथा उनीहरूको साझेदारहरूको एचआइभी संक्रमण दर उच्च छ । १५-२४ वर्षका युवाहरूले नयाँ संक्रमणको करिब एक चौथाइ हिस्सा ओगटेका छन् ।

हाल २६ हजार गर्भवती महिलाले ८८ प्रतिशत एचआइभी प्राप्त गरेका छन्, तर राष्ट्रिय स्तरमा पहुँच ७१ प्रशान्तदेखि ९८ प्रतिशतसम्म फरक छ ।

६९ हजार बालबालिकामा ९३ प्रतिशतले एआरटी पाएका छन्, तर देश अनुसार उपचार पहुँच ६७ प्रतिशत देखि ९८ प्रतिशतसम्म फरक छ । एजेन्सी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.