Nidan Media

घट्यो नेप्से परिसूचक

काठमाडौँ। सोमबार नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ४दशमलव२८ अंक घटेर २६४५दशमलव२४ विन्दुमा झरेको छ ।

यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १दशमलव७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०दशमलव५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०दशमलव७६ अंक घटेको छ ।

आइतबार सात अर्ब आठ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन कुल ३२५ स्टकको चार अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँ बराबरको एक करोड आठ लाख ६० हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।

यस दिन चार स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यस दिन सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यस्तै, ग्रीन भेन्चर्स लिमिटेडको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यसदिन निफ्रा ग्रीन इनर्जी डिबेञ्चरको शेयर मूल्य सबैभन्दा धेरै छ प्रतिशत ९दशमलव५१ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन यूनाइटेड मोदी हाइड्रोपावर, हिमालयन रि इन्स्योरेन्स र बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर कारोबार सबैभन्दा धेरै भएको छ ।

यसदिन १३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ ।

यस दिन विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य अंक बढेको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.