Nidan Media

निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी निर्देशन

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्न निर्देशन दिएका छन् ।

सोमबार आयोगमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भए पनि विगतमा काम गर्नुभएका व्यक्तिहरूबाट सुझाव लिएर काम गर्नसके कठिन नहुने बताए ।

निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा कुनै पनि झन्झट नमानिकन सूत्रअनुसार अघि बढ्न आग्रह गरे ।

उनले संवैधानिक व्यवस्था बमोजिम नेपालमा दुईटा निर्वाचन प्रणाली रहेको भन्दै आयोगमा समानुपातिक निर्वाचन प्रणालीका लागि सोमबारबाट निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको र अब समानुपातिक निर्वाचन प्रक्रियाका काम शुरू हुने बताए । सरकारले आगामी फागुन २१ लाई प्रतिनिधि सभा सदस्यको लागि निर्वाचनको मिति तोकेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.