काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको भाउ बढेको छ ।
आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा एक हजार चार सय र चाँदी ४५ रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५३ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ५२ हजार दुई सय रुपैयाँ रहेको थियो ।
सुनको भाउ हालसम्मकै उच्च गत असोज ३१ मा प्रतितोला दुई लाख ५८ हजार पुगेको थियो ।
यस्तै आइतबार प्रतितोला तीन हजार चार सय ९० रुपैयाँ रहेको असली चाँदीको मूल्य सोमबार बढेर तीन हजार पाँच सय ३५ रुपैयाँ कायम भएको छ ।
चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।





