सिन्धुली। सिन्धुलीमा आज बिहान यात्रुबाहक बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा दुधौली नगरपालिका वडा नं ३ का २५ वर्षीय महेश कुमर छन्। ।
मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका-२ गागनमा यात्रुवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन्।
साथै गम्भीर घाइते भएका कमलामाई नगरपालिकावडा नं १४ चन्दनपुरका २५ वर्षीय दिपेश कुमरको दुधौली नगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सवेदीले जानकारी दिए ।
पोखराबाट कटारीतर्फ गइरहेको बस र डकाहाबाट झुगातर्फ आइरहेको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि फरार भएका बसका चालक उदयपुरको कटारी नगरपालिकावडा नं ३ का श्यामकुमार भट्टराईको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




