पोखरा । नव ग्रहमध्ये शनिको नाम आउनासाथ सबैको मनमा एक प्रकारको भय आउने गर्दछ । शनिको अढैय्या, साढेसाती र यसको वक्र दृष्टिका कारण मानिसमा शनिको भय रहने गरेको छ । अहिले धनु, मकर र कुम्भ राशिमा साढे साती चलिरहेको छ ।
कुनै पनि जातकको कुण्डलीमा शनिको स्थिति कमजोर हुदाँ जातकले कष्ट सहनु पर्ने हुन्छ । तर शनि कष्टको मात्र नभई न्यायको देवता पनि हुन् । शनिलाई प्रसन्न गरेमा कृपा प्राप्त हुने गर्दछ ।
शनिको व्रत
शनिको कृपा पाउनी शनिबारको व्रत चमत्कारिक उपाय साबित हुनेछ । शनिबारको व्रतको आरम्भ गर्दा शुक्लपक्षको शनिबारबाट थाल्नु पर्दछ । लगातार न्यूनतम् १९ वटा शनिबारको व्रत बस्नु पर्दछ । यदि ५१ वटा शनिबारको व्रत गरेमा उत्तम फल प्राप्त हुने मान्यता छ ।
– व्रतका दिन शनि साधकले बिहानै उठेर स्नान गर्नु पर्दछ ।
– त्यस श्चात शनि मन्त्रको ३ वा १९ माला जप गर्नु पर्दछ ।
– शनिदेवको फलामको प्रतिमाको पञ्चस्नान गराउनु पर्दछ ।
– यदि पञ्चस्नान सम्भव नभएमा जलद्धारा स्नान गराउनु पर्दछ ।
– यस पश्चात पानीमा कालो तील, कालो फूल, ल्वाङ, चिनी, गंगाजल र दूधद्वारा पश्चिमतर्फ मुख पारेर पीपललाई अर्पित गर्नु पर्दछ ।
– यस दिन सादा भोजनलाई साँझको प्रसादपछि मात्र ग्रहण गर्नु पर्दछ ।
– प्रसाद लिनु भन्दा अगाडि कुनै पनि ब्राम्हणलाई दान गर्नु पर्दछ ।
– अन्तिम व्रतका दिन हवन गरेर शनि स्तोत्र पाठ गर्नु पर्दछ ।
शनिको प्रार्थना मन्त्र
सूर्य पुत्रो दीर्घ देहो विशालाक्षः शिवप्रियः ।
मन्दचारः प्रसन्नात्मा पीडां हरतु मे शनिः ।।
शनिको यस महामन्त्रको जप गर्दा शनिदेव प्रशन्न भइ साधकको सबै मनोकामना पूर्ण गर्दछन् ।
शनिको तंत्रोक्त मन्त्र
“ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः नमः ।
जप संख्या : २३ हजार जाप
शनिका दान
शनिबारका दिन चियापत्ति, कालो तिल, फलाम, छालाको समान तावा, चिम्टा लगायतका फलामको सामग्री दान गर्नु पर्दछ ।
शनि दोष हटाउने महाउपाय
– पाँच वा ११ सातासम्म शनिबारको व्रतलगातार गरी शिवको विशेष पूजा गर्नु पर्दछ ।
– शनिवारका रातमा शिव वा हनुमान मन्दिर वा पिपलको रुख मुनी सरस्युको तेलमा दियो बाल्नु पर्दछ ।
– शनिबारको दिन शनिको दर्शन गरी प्रतिमामा सरस्युको तेल अर्पण गर्नुपर्दछ ।
– शनिबारका दिन शनिको वैदिक मन्त्र वा तान्त्रिक मन्त्रको जाप गरी गर्नु पर्दछ ।
– दशरथ कृत शनैश्चर स्तोत्र पाठले शुभ फल प्राप्त हुन्छ ।
– यी सबै उपायका अलावा शनिबार भुलेर पनि तेल, कोइला, फलाम, नुन किन्नु हुदैन ।





