सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ मंसिर १३ गते शनिबार, इस्वीसंवत नभेम्बर २९ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको नवमी तिथि साँझमा ५ः४३ बजेसम्म त्यसपछि दशमी तिथि लाग्नेछ । नक्षत्रमा पूर्वभाद्रपदा रातिमा १०ः४२ बजेसम्म त्यसपछि उत्तरभाद्रपदा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वरियान ५३ घटि ५३ पलासम्म त्यसपछि सिद्धि योग लाग्नेछ । करणमा तैतिल रहनेछ । आनन्दादि योगमा काल रहनेछ ।
सूर्य वृश्चिक राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । आज दिनमान २६ घटि १४ पला अर्थात १० घण्टा ३३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः३७ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः०६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय मध्यान्हमा १२ः५९ बजे र अस्ताउने समय रातिमा १२ः१२ बजे रहेको छ ।
आजको राशिफल
मेषः आजको दिन छलफल तथा बहस आदिमा मत बाझिने र असमझ्दारी हुन सक्नेछ । सहकर्मी तथा मित्रवर्गसँग पनि द्वन्द हुन सक्ने र चलिरहेको कार्यमा अबरोध आउन सक्ने छ । छरछिमेकी तथा हितैषीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने खालको गोचर रहेको छ । मानसिक धैर्यतालाई धारण गर्नु बुद्धिमानी हुनेछ । मातृशक्तिको आज्ञा वा आशिर्वाद लिएर अघि बढ्नुले कुनै तर्फबाट आकस्मिक उपलब्धि एवं लाभ हुनेछ । सावधानिपूर्वक स्वकर्ममा रत् रहनाले पेशा तथा व्यवसाय एवं कर्मक्षेत्रमा सफल हुन सकिनेछ ।
वृषः आजको दिन बाधा ब्यावधानको बाबजुत पनि सकारात्मक लिन सकिन्छ । अल्लि बढी ईच्छाएको काम प्रभावित हुनेछ । रपनि ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवम् खुशीयालीप्रद पनि रहने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा स्वागत सत्कार मिल्न सक्ने छ, स्वास्थ्यको भने विचार पुर्याउनु पर्ला । इष्टमित्रको आगमन हुने र कोसेली आदि पनि मिल्न सक्ने छ भने पारिवारिक सौहार्दता बढ्ने छ । नयाँकाममा लगानीको बारेमा विचार विमर्श हुन सकने छ । पेशागत कामकार्यबाट लाभ एवं सफलता मिल्नेछ । प्रेमसम्बन्ध गाँसिने तथा जोडिएको सम्बन्ध मजबुत बन्नेछ ।
मिथुनः आजको दिन काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै पर्न सक्नेछ । आफ्नो काममा भन्दा अरुकै काममा समय दिनपर्ने, गरेको काममा अपयश मिल्ने जस्तो पर्न सक्नेछ । मानप्रतिष्ठामा ह्रास, खर्च बढ्ने तथा कार्यमा असफल गराउने चक्रव्यूह चल्नसक्ने छ । अनावश्यक घुमफिर हुनसक्ने, कामकार्यमा अबरोध आउन सक्ने तथा अस्वस्थता बढ्ने र मानसिक उद्दिग्नता हुनसक्ने छ । कामकुरो नबुझि बहकावमा आएर अनर्थ परिश्रम नगरेकै राम्रो हुनेछ । स्वकर्ममा लगनशिल भएर सद्प्रयासरत रहनाले भने प्रतिकूलता कम हुन गई केही लाभ हातपार्न सकिनेछ, आत्मबल नगुमाउनु उचित हुनेछ ।
कर्कटः आजको दिन सत्कर्मबाटै आय–आम्दानी गर्न सकिने छ । शैक्षिक कमाइतर्फ बुद्धि फिराउँदा हुने आम्दानी पनि फुत्कने र पछुतो पर्नसक्ने छ । कुधनको चेष्टाप्रति आत्मसंयमको जरुरी देखिन्छ । अपेक्षा तथा आश्वासन गरेको तर्फबाट हुने उपलब्धि नहुँदा अल्लि खल्लो महसूस हुनसक्ने छ । तथापि सामान्यतया दैनिक कामकार्य एवं पेशागत व्यवसायिक गतिविधि चालुनै रहनेछ । आज पूर्वतर्फको यात्राले विशेष लाभ हासिल हुन सक्ने देखिन्छ । तर आर्थिक कारोबार गर्दा भने विचार पुर्याउन आवश्यक छ ।
सिंहः आजको दिन सुधारोन्मुख एवं अनुकूलप्रद देखिएको छ । पेशा एवं व्यवसायिक क्षेत्रमा राम्रो उन्नति हुन सक्ने छ । संसर्गी एवं कार्यक्षेत्रमा सौहार्दतापूर्ण वातावरण बन्ने छ । शुभेच्छुकहरु बढ्ने छन् भने राजनीति वा समाजसेवामा जिम्मेवारी तथा पदीय हैसियत थपिन सक्ने छ । वचस्व स्थापित हुनेछ । ईष्टकार्यको लागि उत्तम अवसर मिल्नेछ । अवसरको सदुपयोग गर्नाले राम्रो उपलब्धि हातपार्न सकिनेछ । उच्च वर्गसँग सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ जसको सदुपयोग गर्नक्नु बुद्धिमानी हुनेछ ।
कन्याः आजका दिन यद्यपि दिनलाई सकारात्मक नै मान्न सकिन्छ तथापि मुख्य कार्यमा अदृश्य रोकावट तथा बाधाब्याबधान आउनसक्ने कुरालाई गोचरले देखाइरहेको हुनाले त्यसको निवारणको लागि गणेशभक्ति हितकर हुनेछ । सामान्यतया ढुकुटीमा खजाना तथा धन दौलत जम्मा हुनेछ । वाणी सिद्धिकर दिन परेकोले मान्छेहरुलाई बोलीवचन तथा तर्क आदिले प्रभाव पार्न र समर्थन लिनसकिने देखिन्छ । आफन्तहरूबाट सहयोग पनि मिल्ने र उत्साह तथा उमङ्गमा बृद्धि हुनेछ । केहीहद्सम्म व्यवसायिक प्रगति भई धन–सम्पत्तिकोे संग्रह पनि हुनेछ ।
तुलाः आजको दिन त्यति प्रभावकारी छैन । साविकभन्दा बढी संघर्ष गर्नुपर्ने छ । स्वास्थ्यमा समस्या पर्नसक्ने सम्भावना पनि छ । आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । खर्चमा बृद्धि हुने र कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ । प्राप्त आश्वासन पूरा हुननसक्ने भएकोले बढी अपेक्षा नगरेकै उचित हुनेछ । कुरो नबुझि हतार नगर्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । संघर्ष नै परेपनि विवेकपूर्ण तरिकाले स्वकर्मलाई समय दिनाले केही उपलब्धि भने हुनसक्ने छ ।
वृश्चिकः आजको दिन जीवन साथी वा प्रेमिको गुनासाको सामना गर्नपर्नेछ । तथापि आमोद–प्रमोद तथा विलासवृतिप्रद दिनचर्या व्यतित हुनेछ । कसैकसैलाई गलत नियत भएको विपरित लिङ्गीको झमेला पर्नसक्ने खतरा पनि छ होस पुर्याउनु पर्ला । व्यवसायतर्फ सामान्य भए पनि उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ । औपचारिक कार्यक्रम आदिमा पनि सरिक हुन पाइने सम्भावना छ । आज धार्मिक यात्राको योग देखिएको छ ।
धनुः आजको दिन धेरै तर्फबाट अर्थकर रहनेछ । शारीरिक एवम् मानसिक क्षमतामा बृद्धि हुनेछ । सहयोगी बढ्ने, विपक्षीलाई रिझाउन सकिने र व्यवसायबाट मनग्य लाभ हातपार्न सकिने छ । आरोग्यता बढ्ने र कान्तिमा बृद्धि हुनेछ । इष्टकार्यमा सफलता हातपार्न सकिने छ भने आफूभन्दा ठूलो निकायलाई पनि सम्झौतामा ल्याउन सकिनेछ । श्री लक्ष्मीको कृपायोग परेकोले अर्थलाभ हुनेछ । सफलता एवम् लाभको कारण कर्मक्षेत्रको लागि हिम्मत र साहस बढ्ने छ ।
मकरः आजको दिन ग्रह गोचरलाई सकारात्मक हो तर पनि आफ्नै अहंताले सफलताको मुखमै पुगेको काम रोकिने सम्भावना छ । घमण्ड तथा प्रमाद् नगर्नु बुद्धिमानी हुनेछ । शक्ति तथा विद्याको अहं योजना बनाए पनि गोचरले त्यति साथ दिएको देखिँदैन । काम नभई नबोलेको उचित हुनेछ । विश्वासघातको पनि सम्भावना पनि छ, होसियारी अप्नाउनु बुद्धिमानी हुनेछ । भाका तथा आश्वासन पूरा हुन गार्हो परेपनि संयमपूर्वक स्वाध्याय तथा स्वकार्यरत रहनाले लगनशीलता तथा धैर्यताको फलस्वरुप केही उपलब्धि मिल्न सक्नेछ ।
कुम्भः आजको दिन अतिथि सत्कार गर्न पाइने सम्भावना छ । घरपरिवारमा कुनै विवाह आदि माङ्गलिक शुभकार्यको प्रसङ्ग चल्नसक्ने तथा नयाँ पारिवारिक सदस्य बढ्नसक्ने वा सम्बन्ध विस्तार हुन सक्ने सम्भावना पनि देखिएको छ । व्यवसाय तथा कार्यक्षेत्रमा प्रगति हुनगई राम्रो आर्थिक लाभ हुने तथा बैंक ब्यालेन्स बढ्ने छ । परोपकार आदि समाज सेवाबाट सन्तुष्टि मिल्ने छ । प्रशंसकहरु बढ्नेछन् । वाणीमा मिठास आउने छ र मान्छेहरुलाई बोली वचनले प्रभाव पार्न सकिनेछ । शारीरिक पौरख पनि बढ्ने तथा प्रतिस्पर्धा आदिमा सफलता मिल्ने र उत्साह बढ्ने दिन छ ।
मीनः आजको दिन शारीरिक क्षमता तथा जोश जाँगर बढ्ने छ । राम्रो उद्यम सम्पादन हुने, प्रतिस्पर्धाजन्य कार्यमा सफलता मिल्नेछ । दैनिक कामकार्य तथा पेशको क्षेत्रबाट राम्रो फाइदा उठाउन सकिने छ । कार्यक्षेत्रमा विशेष रुचि बढ्ने छ । महत्वपूर्ण कार्ययोजना अगाडि बढाउन सकिने छ । आफन्तसँग भेटघाट हुने र सहयोग मिल्ने छ । व्यवसायिक क्षेत्रबाट लाभ पनि गर्नसकिने छ । मुख्य एवम् महत्वपूर्ण काममा साथ सहयोग पनि प्राप्त हुनेछ ।
साहित (यात्रा): सूर्य वृश्चिक राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः३३ बजेदेखि ७ः५३ बजेसम्म काल बेला
बिहान ७ः५३ बजेदेखि ९ः१२ बजेसम्म शुभ बेला
बिहान ९ः१२ बजेदेखि १०ः३१ बजेसम्म रोग बेला
बिहान १०ः३१ बजेदेखि ११ः५१ बजेसम्म उद्धेग बेला
बिहानमा ११ः५१ बजेदेखि १ः१० बजेसम्म चर बेला
दिनमा १ः१० बजेदेखि २ः२९ बजेसम्म लाभ बेला
दिनमा २ः२९ बजेदेखि ३ः४९ बजेसम्म अमृत बेला
दिनमा ३ः४९ बजेदेखि ५ः०८ बजेसम्म काल बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः०८ बजेदेखि ६ः४९ बजेसम्म शुभ बेला
साँझ ६ः४९ बजेदेखि ८ः३० बजेसम्म रोग बेला
राति ८ः३० बजेदेखि १०ः१० बजेसम्म उद्धेग बेला
राति १०ः१० बजेदेखि ११ः५१ बजेसम्म चर बेला
राति ११ः५१ बजेदेखि १ः३२ बजेसम्म लाभ बेला
राति १ः३२ बजेदेखि ३ः१३ बजेसम्म अमृत बेला
रातिमा ३ः१३ बजेदेखि ४ः५३ बजेसम्म काल बेला
रातिमा ४ः५३ बजेदेखि ०६ः३४ बजेसम्म शुभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।




