Nidan Media

तोलामा २२ सय रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको कति ?

काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार छ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपैयाँले बढेको हो ।

सुन बिहीबार प्रतितोला दुई लाख ४८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउ प्रतितोला ६५ रुपैयाँ बढेको छ ।

बिहीबार प्रतितोला तीन हजार दुई सय ८० रुपैयाँमा कारोबार भएको असली चाँदी शुक्रबार तीन हजार तीन सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनको भाउ हालसम्मकै उच्च गत असोज ३१ मा प्रतितोला दुई लाख ५८ हजार र चाँदी तीन हजार तीन सय ५० रुपैयाँ पुगेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.