सुनसरी । सुनसरीमा सडक किनारमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा गएराति मोटरसाइकल चालकको ज्यान गएको छ भने मोटरसाइकल पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका वडा नं ४ का २५ वर्षीय मञ्जिल लिम्बू छन्।
साथै सोही दुर्घटनामा गम्भीर घाइते भएका इटहरी-५ का ३२ वर्षीय अमित राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।
धरान उपमहानगरपालिका वडा नं ८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १-०२-००१ ख ८७५७ नम्बरको ट्रकमा लिम्बले चलाएको प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल तीव्र गतिमा चलाइएका कारण अनियन्त्रित भई ट्रकमा ठोक्किएको प्रहरीको अनुमान छ ।




