Nidan Media

एनपीएल : सुदूरपश्चिमद्वारा लुम्बिनी सात विकेटले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको छ।

बिहीबार भएको खेलमा, पहिला ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रनको लक्ष्य दिएको थियो।

सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरको खेलमा १८.२ ओभरको समाप्तीमा यो लक्ष्य पूरा गरेको हो।

सुदूरपश्चिम जारी एनपीएलमा अपराजित एक्लो टोली हो। टोलीले यसअघिका ३ खेलसहित लगातार ४ खेल जितेको छ।

आजको यो जितसँगै सुदूरपश्चिम प्लेअफको नजिक पुगेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.