Nidan Media

सुनको भाउ तोलामा चार सय घट्दा चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको ६० रुपैयाँ बढेको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा चार सय घट्दा चाँदीको ६० रुपैयाँ बढेको हो ।

मूल्य घटेसँगै बिहीबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख घटेर दुई लाख ४८ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि बुधबार सुनको प्रतितोला दुई लाख ४८ हजार आठ सय रुपैयाँमा रहेको थियो ।

सुनको भाउ हालसम्मकै उच्च गत असोज ३१ मा प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

यता, बुधबार प्रतितोला तीन हजार दुई सय २० रुपैयाँमा कारोबार भएको असली चाँदी बिहीबार तीन हजार दुई सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ हालसम्मकै उच्च गत असोज ३१ मा तीन हजार तीन सय ५० रुपैयाँ पुगेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.