Nidan Media

आज एकै दिन दुई पटक शुभ बेला परेको छ, श्रीविष्णुको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ मंसिर ११ गते बिहीबार, इस्वीसंवत नभेम्बर २७ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको सप्तमी तिथि साँझमा ७ः२८ बजेसम्म त्यसपछि अष्टमी तिथि लाग्नेछ । नक्षत्रमा धनिष्ठा रातिमा १०ः४२ बजेसम्म त्यसपछि शतभिषा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा ध्रुव ७ घटि ४७ पलासम्म त्यसपछि व्याघात योग लाग्नेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा श्रीवत्स रहनेछ ।

सूर्य वृश्चिक राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान २६ घटि १८ पला अर्थात १० घण्टा ३४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः३५ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः०७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ११ः५५ बजे र अस्ताउने समय रातिमा ११ः१३ बजे रहेको छ ।

आजको राशिफल

मेषः आज समय त्यति भरपर्दो रहनेछैन । तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन, आफ्ना कमीकमजोरी के भइरहेका छन् त्यसमा विचार पुर्याउनु र बेलैमा होस पुर्याउन जरुरी छ । आफ्नै कार्यबाट मन सन्तुष्ट हुनेछैन । समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ । आज टाढाको यात्रा गर्दा निर्क सतर्क हुनुहोला । कसैलाई नगद सापट दिँदै हुनुहुन्छ भने निकै विचार पुर्याउन आवश्यक छ । सरकारी क्षेत्रबाट पनि तपाईंलाई तनाव हुनेछ ।

वृषः आज समय खराब रहनेछ । कसैले मानसिक चोट पर्ने कुरा गर्न सक्छ, दुःखी नहुनुहोला । अपमानित हुने ठाउँमा सकभर नजानु नै बेस हुनेछ । तपाईंको काम बिगार्नेतर्फ आफन्त र नजिकका नाता पर्ने व्यक्ति नै लागिपर्ने छन्, सचेत हुनुहोला । आज खर्च सोचेभन्दा ज्यादा हुनेछ जसले गर्दा मनमा तनाव बढ्नेछ । आज कुनै पनि काम छिटो–छिटो गर्छु भन्दा झन् ढिलो ढिलो हुन जानेछ । शिक्षा क्षेत्रमा लगानी र काम गर्दै हुनुहुन्छ भने केही समय धैर्य गर्न आवश्यक छ ।

मिथुनः आज समय शुभ छैन । नयाँ कामको थालनी, हाल गरिरहेको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन । व्यापार व्यावसाय पेशामा संलग्न व्यक्तिलाई नोक्सान हुन सक्ने ग्रह गोचर देखिन्छ । चोर अथवा बदमास व्यक्तिबाट आक्रमणमा पर्न सकिने सम्भावना पनि त्यत्तिकै छ, एक्लै यात्रामा जानु ठीक छैन । आज केही महत्वपूर्ण काम गर्दै हुनुहुन्छ भने दुर्गा माताको पूजा गरेर शुरूआत गर्दा राम्रो हुनेछ । धार्मिक यात्राबाहेक अन्य यात्रा सकभर नगर्दा राम्रो, गर्नै पर्ने बाध्यता छ भने धार्मिक उपाय अवलम्वन गर्नुहोला ।

कर्कटः आज समय शुभ छ। घरमा धार्मिक कार्य, व्रत, पर्वको उत्सव मनाइने सम्भावना समेत छ । प्रेम सम्बन्ध अघि बढ्न सक्ने अवस्था छ । तपार्इं मनोरञ्जनपूर्ण कार्यमा सहभागी हुन पाउनुहुनेछ । धार्मिक यात्रा निकै महत्वपूर्ण हुनेछ । साथीभाइसँगको भेटघाट हुने ग्रहगोचर छ । तर ज्ञान नै नभएको काममा धन लगानी गर्ने काम नगर्नुहोला । आर्थिक कुराले पारिवारिक तनाव पनि हुन सक्ने भएकाले विशेषगरि पुरुषहरू सतर्क हुन आवश्यक छ । शैक्षिक क्षेत्रको नतिजाले पनि तपाईंको मन अशान्त हुन सक्नेछ ।

सिंहः आज समय शुभ छ, स्वास्थ्य पनि ठीकठाक रहनेछ । मानसिक प्रशन्नता मिल्ने काममा सहभागी हुन पाइनेछ । आम्दानीका नयाँ स्रोत बढ्दै जानेछन् । आज जे काम गर्ने विचार गर्नु भएको छ, त्यो काम सजिलैसँग पूरा हुनेछ । तपाइँको बोली वचनको प्रभावले धेरै दिनदेखि रोकिएका काम आज बन्नेछन् । चेलीहरूका लागि माइतीपक्षबाट विशेष लाभका अवसर आउने देखिन्छ । विद्यार्थीले पनि उत्कृष्ट नतिजा प्राप्त गर्ने दिन रहेको छ । आज शिवजीको दर्शन र पूजा तथा भोका व्यक्तिलाई भोजन दान गर्नुभएमा तपाईंको मन शान्त रहनेछ ।

कन्याः आज समय शुभ छैन । आफन्त व्यक्तिले नै तपाईंको काम बिगारिदिने सम्भावना छ । मानसिक चञ्चलता, कार्यक्रममा विघ्नबाधा हुनेछ । पेट तथा कम्मर दुख्ने, वायू रोग, शूल रोगले दुःख दिने सम्भावना छ । खानामा पनि गडबडी, चिन्ता पर्ने समाचार सुन्नुपर्ने दिन आज रहेको छ । हरेक कार्यमा सतर्कता अपनाई सम्पन्न गर्नतिर निरन्तर लाग्नु उचित हुनेछ । आज सकेसम्म आफ्ना गुरु अथवा पिताको दर्शन, सेवा ढोग गरेर दिनको शुरुआत गर्नु राम्रो हुनेछ ।

तुलाः आज समय खराब रहनेछ । यात्रा र लेनदेन गर्दा ज्यादा घाटा पर्ने भएकाले सतर्क हुनुहोला । घर परिवारमा कुनै व्यक्ति एक्कासि बिरामी पर्न सक्ने भएकाले खर्चको जोहो गर्नुहोला । आज वैदेशिक रोजगारका क्रममा दलालले पैसा ठगिदिने अवस्था पनि रहनेछ । समय खराब रहेकाले सबै काम सतर्क भएर अघि बढाउन आवश्यक छ । आज सन्तानको गतिविधिले पनि तपाईंलाई दुःखी बनाउने, मन खिन्न हुने अवस्था रहेको छ ।

वृश्चिकः आज सयम शुभ छ, व्यापार व्यवसायबाट राम्रोे लाभ प्राप्त गर्न सक्नुहुनेछ । कपडाको दोकान, किराना, मट्टीतेल, डिजल, कुनै पनि तरल पदार्थको पेशा गर्ने व्यक्तिलाई पूर्ण सफलता र लाभ मिल्ने ग्रहगोचर छ । बोली वचनले नयाँ-नयाँ मित्र बढ्दै जानेछन् । आज जे काम गर्दै हुनुहुन्छ सुखका साथ सम्पन्न गर्न सकिनेछ । खानपानमा ध्यान दिनुभएमा अन्य सबै समस्या स्वतः निवारण हुनेछ । आज लक्ष्मीमाताको दर्शन गरेर काम शुरूआत गर्नुभएमा निकै रामो हुनेछ ।

धनुः आज समय खराब रहने छ । एक्कासि स्वास्थ्यले धोका दिन सक्नेछ । खानामा गडबडी, यात्रामा असुविधा हुनेछ । सन्तानसँग सम्पत्ति विवाद पर्ने, दैनिक काममा लाभ कम, हानी नोक्सानी ज्यादा हुन सक्ने देखिएको छ । टाढाको मित्रले पनि सहयोगको बदला हानी नोक्सानी पुर्याउनेछन् । आज सकभर यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । नयाँ व्यवसाय गर्ने र घर बनाउने सोचमा हुनुहुन्छ भने केही दिन धैर्य गर्नुहोला ।

मकरः आज समय शुभ रहेकाले मानसिक प्रशन्नता, मानसम्मान र प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर भइनेछ । व्यापार, विनिमय र पशु चौपायबाट लाभ मिल्नेछ । अवरुद्ध कार्य पनि पूर्ण हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । नयाँ काममा धन लगानी गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ । ऋण लिने र अरुलाई नगद सापटी दिने काम भने नगर्नुहोला । आज सरस्वती देवीको दर्शन गरेर अघि बढ्दा काममा सफलता मिल्नेछ ।

कुम्भः आज समय खराब रहने भएकाले पेटको खराब बढ्नेछ । परिवारमा मतभेद र वादविवाद पर्ने देखिन्छ, जसले गर्दा कार्यमा विलम्बता हुनेछ । लेनदेन र जग्गा जमीनसम्बन्धी कार्यमा पनि तनाव उत्पन्न हुनेछ । आज आत्मीयजनबाट विश्वासघात हुन सक्ने भएकाले अत्यन्तै सतर्क हुनुहोला । चिसो मौसमले सताउने भएकाले तपाईं सतर्क हुनुपर्र्नेछ । यात्रा गर्दै हुनुहुन्छ भने धनमाल सुरक्षामा ध्यान दिनुहोला । आज  उमालेको पानी मात्र पिउनुहोला ।

मीनः आज समय शुभ छ । नवीन कार्यका लागि विचार विमर्श हुन सक्ने ग्रहगोचर छ । आर्थिक तथा शारीरिक स्थिति राम्रो रहनेछ । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन क्षेत्र पनि लाभदायक रहनेछ । विद्यार्थीहरू टाढाको शैक्षिक भ्रमणमा निस्किन पाउनेछन् । आज विदेशबाट धन प्राप्त हुने दिन पनि रहेको छ । छोराछोरीको प्रगतिले मातापिता प्रशन्न हुन पाउने देखिन्छ ।

साहित (यात्रा): सूर्य वृश्चिक राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण, उत्तर र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः३३ बजेदेखि ७ः५३ बजेसम्म शुभ बेला
बिहान ७ः५३ बजेदेखि ९ः१२ बजेसम्म रोग बेला
बिहान ९ः१२ बजेदेखि १०ः३१ बजेसम्म उद्धेग बेला
बिहान १०ः३१ बजेदेखि ११ः५१ बजेसम्म चर बेला
बिहानमा ११ः५१ बजेदेखि १ः१० बजेसम्म लाभ बेला
दिनमा १ः१० बजेदेखि २ः२९ बजेसम्म अमृत बेला
दिनमा २ः२९ बजेदेखि ३ः४९ बजेसम्म काल बेला
दिनमा ३ः४९ बजेदेखि ५ः०८ बजेसम्म शुभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः०८ बजेदेखि ६ः४९ बजेसम्म रोग बेला
साँझ ६ः४९ बजेदेखि ८ः३० बजेसम्म उद्धेग बेला
राति ८ः३० बजेदेखि १०ः१० बजेसम्म चर बेला
राति १०ः१० बजेदेखि ११ः५१ बजेसम्म लाभ बेला
राति ११ः५१ बजेदेखि १ः३२ बजेसम्म अमृत बेला
राति १ः३२ बजेदेखि ३ः१३ बजेसम्म काल बेला
रातिमा ३ः१३ बजेदेखि ४ः५३ बजेसम्म शुभ बेला
रातिमा ४ः५३ बजेदेखि ०६ः३४ बजेसम्म रोग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.