Nidan Media

एक महिनामा जसरी पनि नियमित महाधिवेशन गर्न सकिन्छ: शुक्रराज शर्मा

पोखरा । नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आफूहरूलाई जिम्मेवारी दिए एक महिनामै महाधिवेशन गर्ने बताएका छन् ।

विशेष महाधिवेशन पक्षधरले काठमाडौँमा आयोजना गरेको भेलामा सभापति शर्माले महाधिवेशन गर्न नसकिने कारण केही नरहको बताए ।

उनले आफूलाई पार्टीले जिम्मेवारी दिए एक महिनाको समय अवधिभित्र महाधिवेशन सक्ने बताए । महाधिवेशनका लागि सातओटै प्रदेश तयार रहेको बताए ।

सभापति शर्माले बीपी कोइरालाका पालामा महाधिवेशन माग गर्नैपर्ने अवस्था नभएको बताए । त्यसबेला सिद्धान्त र पद्दतिअनुसार पार्टी चलेको उल्लेख गर्दै उनले ५४ प्रतिशतले माग गर्दा पनि महाधिवेशन गर्दिन भन्ने अवस्था आउनु दुःखद् रहेको बताए ।

सभापति शर्माले अहिलेको देशको अवस्थामा पार्टीले गल्ती नदोर्होयाउने प्रतिवद्धतासहित जनताका बीचमा जानुपर्ने बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.