Nidan Media

एनपीएलमा आज विराटनगर र चितवन भिड्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार विराटनगर किंग्स र चितवन राइनोज भिड्दै छन्। यो खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ।

तीन खेल खेलिसकेको विराटनगरले लगातार जित निकाल्दै ६ अंक जोडिसकेको छ भने दुई खेलमात्र खेलेको चितवनको दुई अंकमात्र छ।

विराटनगरले अहिलेसम्म हारको सामना गरेको छैन। पहिलो खेलमा पहिलो खेलमा पोखराविरुद्ध ५३ रनको जित निकालेको विराटनगरले दोस्रो खेलमा काठमाडौंमाथि ५ विकेटको जित निकाल्दा तेस्रो खेलमा जनकपुरमाथि ९ रनको सनसनीपूर्ण जित हात पारेको हो। अंक तालिकामा विराटनगर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा विराटनगर तोस्रो स्थानमा छ।

चितवन भने तालिकाको पाँचौं स्थानमा छ। पहिलो खेलमा कर्णालीविरुद्ध चार विकेटको जित निकालेको चितवन दोस्रो खेलमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको हो। दुवै टिम आज जित्नै पर्ने दबाबका साथ मैदानमा हुनेछ। विराटनगर शीर्ष स्थानमा उक्लिन चाहन्छ भने चितवन तेस्रो खेलबाट थप अंक जोड्न चाहन्छ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

अंक तालिकामा अपराजित सुदूरपश्चिम र विराटनगरले समान ६ अंक बनाएका छन्। नेटरनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा छ भने विराटनगर दोस्रो स्थानमा छ। चार खेलमा चार अंक बनाएको काठमाण्डु तेस्रो स्थानमा छ भने लुम्बिनी, चितवन र कर्णाली क्रमशः चौथो, पाँचौ र छैठौं स्थानमा छन्। जनकपुर र पोखराले भने दुईदुई खेल खेल्दासमेत अंक जोड्न सकेका छैनन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.