Nidan Media

आज एकै दिन दुई पटक लाभ बेला परेको छ, श्रीकृष्णको प्रिय दिनमा राशिफल कस्तो होला ?

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ मंसिर १० गते बुधबार, इस्वीसंवत नभेम्बर २६ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको षष्ठी तिथि साँझमा ७ः३८ बजेसम्म त्यसपछि सप्तमी तिथि लाग्नेछ । नक्षत्रमा श्रवण रातिमा १०ः१९ बजेसम्म त्यसपछि धनिष्ठा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वृद्धि १० घटि ४४ पलासम्म त्यसपछि ध्रुव योग लाग्नेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा छत्र रहनेछ ।

सूर्य वृश्चिक राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान २६ घटि २१ पला अर्थात १० घण्टा ३५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः३५ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः०७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ११ः२१ बजे र अस्ताउने समय रातिमा १०ः१४ बजे रहेको छ ।

आजको राशिफल

मेषः आज समय मध्यम खालको रहनेछ । आज लाभ हानी दुवै बराबर रहने योग छ । सहयोगीको भावना बुझ्ने प्रयत्न गर्नुहोला । विभिन्न सहयोग र उपहार पाइने दिन पनि रहेको छ । आयआर्जन पनि राम्रै हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

वृषः आज समय ठीक छैन । काम बिग्रने डरले सताउनेछ । आज गरेका काममा न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने छ । कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । यात्राको योग छ, सचेत हुनुपर्छ, बास बस्ने गरी टाढा जानु हुँदैन । काम गर्दा प्रशस्त विघ्नबाधा र चुनौतीको सामना गर्नुपर्छ ।

मिथुनः आज समय खराब छ । गोचरले त्यति साथ पनि दिएको देखिँदैन । ज्ञानशक्ति तथा विद्याको अहंता बढ्न सक्ने छ । पहिला फुर्ति र पछि पछुतो लाग्न सक्ने छ । मान्छेहरूको विश्वास गर्नाले पश्चाताप पर्न सक्ने सम्भावना छ, होसियारी अपनाउनु बुद्धिमानी हुनेछ । आश्वासन पूरा हुन गार्हो परे पनि संयमपूर्वक काम गर्नुहोला । लगनशीलता तथा धैर्यताको फलस्वरुप केही उपलब्धि मिल्न सक्ने छ । तर शारीरिक पौरख पनि बढ्ने तथा प्रतिस्पर्धा आदिमा सफलता मिल्ने र उत्साह बढ्ने दिन छ ।

कर्कटः आज समय शुभ छ । आजको दिनलाई उपलब्धिमूलक बनाउन सकिने गोचर परेको छ । तथापि उन्मादी हौस्याहट बढ्नाले कम उपलब्धिले चित्त बुझाउन पर्ने सम्भावना देखिन्छ । सावधानी र लगनशीलतापूर्वक आफ्नो पेशालाई निरन्तरता दिएमा व्यवसायले फड्को मार्ने र आर्थिक एवं भौतिक कठिनाई कम गर्न सकिने छ । स्वजनको सहयोग र प्रशंसा मिल्नेछ । विशेष काममा आउने कष्ट एवं कठिनाइको निवृतिका लागि श्रमिक वर्गको हितमा काम गर्नु अथवा सहयोग पुर्याउनु र भैरवदेवको उपासना हितकर हुनेछ ।

सिंहः आज समय राम्रो छ । अतिथि सत्कार गर्न पाइने सम्भावना छ । घर परिवारमा कुनै विवाह, माङ्गलिक शुभ कार्यको प्रसङ्ग चल्न सक्ने तथा नयाँ पारिवारिक सदस्य बढ्न सक्नेछन् । सम्बन्ध विस्तार हुन सक्ने सम्भावना पनि देखिएको छ । व्यवसाय तथा कार्यक्षेत्रमा प्रगति हुन गई राम्रो आर्थिक लाभ हुने तथा बैंक ब्यालेन्स बढ्ने छ । परोपकार आदि सेवाबाट सन्तुष्टि मिल्ने छ । प्रशंसक बढ्नेछन् । वाणीमा मिठास आउने छ र मान्छेलाई बोली वचनले प्रभाव पार्न सकिने छ ।

कन्याः आज समय शुभ छैन । आजको दिन ग्रहको केही अवरोधको कारणले अपेक्षित उपलब्धि भेट्टाइहाल्न केही कठिनाई देखिएको छ । तथापि केहीहदसम्म व्यवसायबाट धन लाभ हुने एवं भौतिक सुख शान्ति र मान प्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य अगाडि बढाउन सकिने छ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिन सक्नेछ भने सामाजिक कार्यमा सरिक हुन पाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । अभिष्टकार्यमा सफलताको लागि गुरु बृहस्पतिका प्रतिमूर्ति विद्वान गुरुजनबाट आशिर्वाद लिनु वा खुशी पार्नु बुद्धिमानी हुनेछ ।

तुलाः आज समय शुभ छैन । आज कार्यक्षेत्रमा अल्ली बढी मेहनत गर्नुपर्ने देखिएको छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न तथापि केही संघर्षको बाबजुत पनि अन्त्यमा परिणाम सुखद् आउने छ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । व्यवहारिक औपचारिकता निर्वाह गर्नपर्ने भेट्घाट आदि पक्षमा दानदातव्य, सहयोग गरेर खर्चको सदुपयोग गर्नु उचित हुनेछ । आज यहाँलाई कुनै मातृशक्तिको सहयोग मिल्नसक्ने छ । तपाइँको आत्मबलमा ग्रहको दुष्प्रभावको कारण आइरहेको ह्रासलाई न्युनीकरण गर्न भगवान श्रीहरिको स्तुति गर्नु शुभदायक हुनेछ ।

वृश्चिकः आज समय शुभ छ । आजको दिन आयकर ग्रहगोचर परेको छ । पुरुषार्थ बृद्धि हुने, प्रशंसा मिल्ने र सहयोग प्राप्ति हुनाले चित्त शान्ति हुनेछ । व्यवसायिक व्यस्तता र प्रगति एवं उन्नति हुनेछ । विद्यार्थीहरू परीक्षामा उत्तीर्ण भइने र हौसला मिल्ने छ । यात्रा हुन सक्ने सम्भावना पनि छ । नयाँ व्यक्तिसँग सुमधुर सम्बन्ध स्थापित हुनेछ । आज विशेष महत्वपूर्ण काम सम्पादन गर्न सकिने छ । आज तपाइँले दीनदुःखीको सेवा गरेमा राम्रो हुनेछ ।

धनुः आज समय खराब छ । आज सोँचेभन्दा बढी संघर्ष पर्ने खालको देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अवरोध सृजना हुन सक्ने तथा काम बिग्रन सक्ने छ । आज काम र यात्रामा हतार नगर्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । विभिन्न तनाव व्यहोर्न पर्नसक्ने कुरालाई गोचरले लक्षित गरिरहेको छ । आज यहाँले धन्वन्तरिनारायणको स्तुति गर्नु उपयुक्त हुनेछ ।

मकरः आज अत्यन्तै समय राम्रो रहनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । पराक्रम बढ्ने रहेको छ । तथापि गन्तव्य चुम्न संघर्ष गर्नुपर्ने देखिएको छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटे ताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ । आज तपाईंले विभिन्न समस्या निवारणको लागि भैरवदेवलाई खुशी बनाउनु बुद्धिमानी हुनेछ ।

कुम्भः आजको दिन त्यति अनुकूल देखिएको छैन । अनायासै सहकर्मी तथा संसर्गीसँग मनमुटाव हुन सक्ने एवम् मनमा संकोचित विचार बढ्नसक्ने सम्भावना देखिएको छ ख्याल पुर्याउनु पर्ला । पारिवारिक जिम्मेवारीको भार थपिने र अभाव खट्किन सक्ने देखिन्छ । केही आलोेचनाको सामना गर्नपर्ने पनि हुन सक्छ, सहनशक्ति बढाउने र सावधानी अप्नाउने गर्नु बुद्धिमानी हुनेछ । धैर्यधारणले नै प्रतिकूलता टार्न सकिने कुरालाई गुरु मन्त्र बनाएर अघि बढेमा अल्लि बढी प्रयत्नले केही लाभ गर्न सकिएला । आज यहाँले आमाको आशिर्वाद लिंदा हितकर हुनेछ ।

मीनः आज समय शुभ रहनेछ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ ।

साहित (यात्रा): सूर्य वृश्चिक राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले पूर्व र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः३० बजेदेखि ७ः५० बजेसम्म लाभ बेला
बिहान ७ः५० बजेदेखि ९ः१० बजेसम्म अमृत बेला
बिहान ९ः१० बजेदेखि १०ः३० बजेसम्म काल बेला
बिहान १०ः३० बजेदेखि ११ः४९ बजेसम्म शुभ बेला
बिहानमा ११ः४९ बजेदेखि १ः०९ बजेसम्म रोग बेला
दिनमा १ः०९ बजेदेखि २ः२९ बजेसम्म उद्धेग बेला
दिनमा २ः२९ बजेदेखि ३ः४९ बजेसम्म चर बेला
दिनमा ३ः४९ बजेदेखि ५ः०९ बजेसम्म लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः०९ बजेदेखि ६ः४९ बजेसम्म अमृत बेला
साँझ ६ः४९ बजेदेखि ८ः२९ बजेसम्म काल बेला
राति ८ः२९ बजेदेखि १०ः१० बजेसम्म शुभ बेला
राति १०ः१० बजेदेखि ११ः५० बजेसम्म रोग बेला
राति ११ः५० बजेदेखि १ः३० बजेसम्म उद्धेग बेला
राति १ः३० बजेदेखि ३ः१० बजेसम्म चर बेला
रातिमा ३ः१० बजेदेखि ४ः५१ बजेसम्म लाभ बेला
रातिमा ४ः५१ बजेदेखि ०६ः३१ बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः मध्यान्हमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.