Nidan Media

साउदी अरेबियाबिरुद्ध नेपालको शानदार शुरूआत

काठमाडौँ । एसीसी मेन्स यू-१९ प्रिमियर कप क्रिकेटमा नेपालले शानदार शुरूआत गरेको छ ।

नेपालले मंगलबार भएको पहिलो खेलमा साउदी अरेबियालाई ८ विकेटले पराजित गर्यो ।

जितका लागि २१९ रनको चुनौती पछ्याएको नेपालले ३० ओभर ४ बलमै २ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालका लागि निरजकुमार यादवले ९० बलमा ११४ रन बनाए । त्यस्तै निश्चल क्षेत्रीले ७३ बलमा ६६ रन बनाए । वंश क्षेत्रीले २० बलमा ३० रन बनाए ।

यसअघि खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्र्दै साउदीलाई २१८ रनमा रोकेको हो ।

साउदीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर उक्त योगफल तयार गरेको हो ।

मोहम्मद जुबेर सुनसराले ४८ तथा मोहम्मद रेहान सिद्धिकीले ४१ रन बनाए । नेपालका लागि अशोक धामीले २ तथा दयानन्द मन्डल, सुशीलबहादुर रावल, सिब्रिन श्रेष्ठ र दर्श सोनारले १-१ विकेट लिए ।

यूएईको अजमानमा भइरहेको प्रतियोगिताको दोस्रो खेलमा बिहीबार नेपालले हङकङसँग खेल्नेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.