Nidan Media

पाँच अंकले बढ्यो नेप्से

काठमाडौँ । शेयर बजार अन्तिम समयमा गएर बढेको छ । अन्तिम दुई मिनेटमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५दशमलव३२ अंकले बढेको छ ।

मंगलबार नेप्से २ बजेर ५८ मिनेटसम्म पनि घटेर राताम्य देखिएको थियो । तर अन्तिम दुई मिनेटमा खरिदकर्ता हाबी भएर बजार एकाएक बढेको छ ।

मंगलबार नेप्से ०दशमलव२० प्रतिशत बढेर परिसूचक २६५५दशमलव९९ बिन्दुमा पुगेको छ । बजार बढ्दा कारोबार रकम भने पाँच अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको एक करोड १९ लाख ७६ हजार ७८० कित्ता शेयर कारोबार भएको छ ।

बजार बढ्दा एकसय २२ ओटा कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय २५ ओटा कम्पनीको शेयर मूल्य घटेको छ । १० ओटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

दिनभरमा तीन सय १९ ओटा कम्पनी कारोबारमा आउँदा एक लाख दुई हजार छ सय ४२ पटक शेयर किनबेच भएको छ ।

तेह्र ओटामध्ये विकास बैंक, जीवन बीमा, म्युचुअल फण्ड र ट्रेडिङ समूह घटेको छ भने बाँकी अन्य समूह बढको छ । मंगलबार लगानीकर्ता होटल तथा पर्यटन समूहमा आकर्षित भएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.