काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन-जी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रिएको बताएका छन्।
अखिल नेपाल ट्रेड युनियन महासंघले मंगलबार आयोजना गरे विभिन्न संगठनबाट प्रवेश कार्यक्रममा उनले जेनजी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रिएकाले यसलाई सहज बनाउन सरकारलाई निर्वाचनको वातावरण बनाउन उत्प्रेरित र दबाब सिर्जना गर्ने स्पष्ट पारे ।
निर्वाचनका लागि वातावरण बनाउन अपिल गर्दै उनले राजनीतिक दललाई अपिल गर्ने छौँ र सरकारलाई निर्वाचनको वातावरण बनाउन पहलका लागि उत्प्रेरित गर्ने स्पष्ट पारे ।
उनले नेपालमा विद्यमान राष्ट्रिय संकटको अवस्थाको सामना गर्न आवश्यक शक्ति निर्माण गर्ने र देश र नेपाली जनताको अधिकारलाई फेरि स्थापित गर्ने उद्देश्यद्वारा पार्टी अघि बढाइएको पनि उनको भनाइ छ ।
उनले नेपाली कम्युनिष्ट पार्टी देशमा साच्चिकै रोजगारी सिर्जना गर्ने, कृषि पर्यटन, उद्योग र उर्जालगायत सबै क्षेत्रमा व्यापक सुधार गर्न नयाँ आर्थिक क्रान्ति गर्ने उद्देश्यका साथ विदेशमा रहेका नेपालीका लागि काम गर्नेतर्फ लागेको पनि बताए ।





