Nidan Media

एमालेद्वारा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

एमालेका नेता महेश बर्तौलाका अनुसार रिट निवेदनमा प्रतिनिसभा विघटन असंवैधानिक रहेको भन्दै पुनर्स्थापनाको माग गरिएको छ ।

‘असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहितको रिट निवेदन नेकपा (एमाले) संसदीय दल (असंवैधानिक ढङ्गबाट बिघटित प्रतिनिधिसभा) को तर्फबाट आज सम्मानित सर्वोच्च अदालतमा पेश गरिएको छ,’, नेता बर्तौलाले जानकारी गराए ।

एमालेको विघटित प्रतिनिधिसभा संसदीय दलको बैठकले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक रहेको निष्कर्ष निकालेको थियो ।

उक्त बैठकले नेता बर्तौला र सुनिता बराललाई सर्वोच्च अदालतमा रिट दायर गर्नका लागि अख्तियारी दिएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.