Nidan Media

रोमानीयामा कारको ठक्करबाट सर्लाहीका आलेको घटनास्थलमै मृत्यु

पोखरा । रोजगारीको सिलसिलामा युरोपको रोमानीया पुगेका एक नेपाली युवकको सडक दुर्घटनामा ज्यान गएको छ ।

मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं ६ निवासी २५ वर्षीय सलिन आले मगर छन् ।

उनी करीब १० महिना अघि रोमानीया बुखारेस्ट पुगेर पान फास्टफुडमा कार्यरत थिए ।

शुक्रबार साँझ राजधानी बुखारेस्टको काला जिउलेस्ती सडक पार गर्ने क्रममा विपरीत दिशाबाट अत्यधिक वेगमा आएको कारले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको बताईएको छ । सो कार १८ वर्षीय रोमानीयन युवकले चलाएको बताइएको छ ।

हाल सलिनको शव बुखारेस्टस्थित कलिनिका दे अर्जेन्ट अस्पतालको शवगृहमा राखिएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव नेपाल पठाउने तयारी भइरहेको र घटनाबारे परिवारलाई औपचारिक रूपमा जानकारी गराइएको बताइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.