Nidan Media

सुनचाँदीको मूल्य भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ भारी वृद्धि भएको छ । सोमबारको तुलनामा सुनको भाउ तोलामा पाँच हजार दुई सय र चाँदी ८५ रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै छापावाला सुन प्रतितोला दुई लाख ४७ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

सुन सोमबार प्रतितोला दुई लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो भने हालसम्मकै उच्च गत असोज ३१ मा दुई लाख ५८ हजार पुगेको थियो ।

यता, सोमबार तीन हजार एक सय १५ रुपैयाँमा कारोबार भएको असली चाँदी मंगलबार बढेर तीन हजार दुई सय रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य हालसम्मकै उच्च गत असोज ३१ मै प्रतितोला तीन हजार तीन सय ५० रुपैयाँ पुगेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.