Nidan Media

हात्तीले घर भत्काएर आक्रमण गर्दा एक महिलाको मृत्यु

काठमाडौँ । कञ्चनपुरमा मंगलबार बिहान हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका वडा नं १४ को बनकट्टी स्याउलेकी ४५ वर्षीया धना बिष्ट छन् ।

प्रहरीका अनुसार स्थानीय बनकट्टी स्याउले क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले कच्ची घर भत्काएर आक्रमण गर्दा बिष्ट गम्भीर घाइते भएकी थिइन् ।

उनलाई तत्काल उद्धार गरी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पुगाइएको थियो तर बिष्टको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटना बिहान करिब पौने ३ बजे भएको प्रहरीले जनाएको छ। प्रहरीले यस क्षेत्रमा सुरक्षित रहन आग्रह गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.