Nidan Media

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

पोखरा । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा एक हजार नौ सय र चाँदीको २० रुपैयाँ घटेको हो ।

मल्य घटेसँगै आइतबार छापावाला सुन प्रतितोला दुई लाख ४२ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि सुनको भाउ प्रतितोला दुई लाख ४४ हजार सात सय रुपैयाँ रहेको थियो भने हालसम्मकै उच्च गत असोज ३१ मा दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

साथै आइतबार प्रतितोला तीन हजार एक सय ३५ रुपैयाँ कायम भएको असली चाँदी सोमबार तीन हजार एक सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी हालसम्मकै उच्च गत असोज ३१ मा प्रतितोला तीन हजार तीन सय ५० रुपैयाँ पुगेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.