पाेखरा । रौतहटको गौरमा शनिबार साँझ करेन्ट लागेर एक बालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा मौलापुर नगरपालिका वडा नं ४ पतौरा घर भएका सुनील साहका पाँच बर्षीय छोरा रितिककुमार साह छन्।
गौर नगरपालिका वडा नं ८ स्थित वीरबहादुर साहको नवनिर्मित चार तल्ले घरको छतमाथि खेलिरहेका बालकलाई करेन्ट लागेको थियो ।
उनकाे घटनास्थलमै मृत्यु भएको रौतहट प्रहरीका सूचना अधिकारी एवं डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए ।
घटना सम्बन्धमा अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।





