Nidan Media

करेन्ट लागेर पाँच बर्षे बालकको मृत्यु

पाेखरा । रौतहटको गौरमा शनिबार साँझ करेन्ट लागेर एक बालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा मौलापुर नगरपालिका वडा नं ४ पतौरा घर भएका सुनील साहका पाँच बर्षीय छोरा रितिककुमार साह छन्।

गौर नगरपालिका वडा नं ८ स्थित वीरबहादुर साहको नवनिर्मित चार तल्ले घरको छतमाथि खेलिरहेका बालकलाई करेन्ट लागेको थियो ।

उनकाे घटनास्थलमै मृत्यु भएको रौतहट प्रहरीका सूचना अधिकारी एवं डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

घटना सम्बन्धमा अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.