Nidan Media

एक सय ११ मटिरको चुनरी माता सीतालाई अर्पण

जनकपुर । जनकपुरधामको ऐतिहासिक जानकी मन्दिरमा एक सय ११ मिटरको चुनरी चढाइएको छ ।

आइतबार सीताराम गौशाला जनकपुरधामको आयोजनामा एक सय ११ मटिर लामो चुनरी माता सीतालाई अर्पण गरिएको छ ।

जनकपुरधामको गौशालाबाट लावालस्करसहित निकालिएको र्यालीले जनकपुरधामको विभिन्न चोकहरू परिक्रमा गर्दै जानकी मन्दिरको गर्भ गृहमा अवस्थित माता सीताको मूर्तिमा सो चुनरी अर्पण गरिएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष रोहितकुमार अग्रवालले जानकारी दिए ।

उनले गत वर्ष एक सय आठ मिटरको चुनरी माता सीतालाई चढाइएकोमा यस वर्ष एक सय ११ मिटरको चुनरी चढाएको बताए ।

उनले नेपालको विकास र शान्तिका लागि माता सीतालाई चुनरी अपर्ण गरेको बताए । उनले आब पश्चात प्रत्येक वर्ष चुनरी चढाउने कार्यक्रम गर्ने जानकारी दिए ।

चुनरी अपर्ण गर्न एक हजार भन्दा श्रद्धालुभक्तजन उपस्थित भएका थिए । गत वर्ष भारतको सुरतबाट आएका जीन माता ट्रष्टले चुनरी अपर्ण कार्यक्रम पहिलो पटक जनकपुरधाममा गरेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.