विराटनगर । नेकपा एमाले नेता महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास गर्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं २ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर-१ का २५ वर्षीय संयोग गौतम रहेको प्रहरी स्रोतले पुष्टि गरेको छ ।
इटहरीमा आयोजित युवा संघ कोशी प्रदेश स्तरीय जनजागरण अभियानमा सहभागी हुन श्रीएयरको उडानमार्फत विमानस्थल आइपुगेका बेला युवाले बेलुनको लोला हान्दै दुव्र्यवहार गर्न खोजेका थिए ।
घटनापछि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएर अवस्था सामान्य पारेको मोरङ प्रहरीले जनाएको छ ।
विमानस्थलमा खटिएका प्रहरी अधिकृतका अनुसार आक्रमणको प्रयास भए पनि बस्नेतलाई कुनै प्रकारको शारीरिक क्षति पुगेको छैन ।
घटनापछि विमानस्थल तथा इटहरीस्थित कार्यक्रमस्थल दुवै ठाउँमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
बस्नेत भने आफ्नो तोकिएको कार्यक्रमका लागि इटहरीतर्फ प्रस्थान गरिसकेका छन् ।





