काठमाडौँ । प्रथम ब्लाइन्ड महिला टी-२० विश्ववप क्रिकेटको उपाधिका लागि आज नेपालले बलियो प्रतिद्वन्दी भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
फाइनल खेल श्रीलंकाको कोलोम्बोस्थित पिसारा ओभल क्रिकेट ग्राउण्डमा हुनेछ ।
शनिबार भएको सेमिफाइनलमा पाकिस्तानलाई सात विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो ।
सेमिफाइनलमा पाकिस्तानले दिएको एक सय ७१ रनको लक्ष्य नेपालले तीन विकेट गुमाएर पूरा गरेको हो ।
भारतले पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई पराजित गरेर फाइनल प्रवेश गरेको हो ।





