Nidan Media

सूर्य देवको प्रिय दिनमा लाभ र अमृत बेला परेको छ, आज तपाईंको राशिफल कस्तो होला ?

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ मंसिर ७ गते आइतबार, इस्वीसंवत नभेम्बर २३ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको तृतीया तिथि साँझमा ५ः०४ बजेसम्म त्यसपछि चतुर्थी तिथि लाग्नेछ । नक्षत्रमा मूल साँझमा ६ः१५ बजेसम्म त्यसपछि पूर्वाषढा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा धृति १ घटि ४६ पलासम्म त्यसपछि शूल योग लाग्नेछ । करणमा वणिज रहनेछ । आनन्दादि योगमा सिद्धि रहनेछ ।

सूर्य वृश्चिक राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान २६ घटि २८ पला अर्थात १० घण्टा ३९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः३२ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः०७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ९ः१० बजे र अस्ताउने समय साँझमा ७ः२० बजे रहेको छ ।

आजको राशिफल

मेषः आज स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक सहयोग राम्रो पाउन सकिनेछ । गर्न खोजेका सबै काम सजिलैसँग सम्पन्न गरिनेछ, लाभका स्रोत फेला पर्नेछन्, नयाँ कार्यक्रमको शुरूआत हुन सक्नेछ, समग्रमा समय राम्रो रहेको छ, भरपूर उपयोग गर्नुहोला । सरकारी सम्मान मिल्न सक्नेछ, आफन्तसँग भेटघाट हुने, जग्गा जमिनबाट लाभ पाइने योग छ, खुशीका समाचार प्राप्त हुनेछ, साथीभाइको सहयोगले आँटेका सबै काम सजिलै सम्पन्न हुनेछन् ।

वृषः आज चिन्तापर्ने समाचार सुन्नुपर्ने अवस्था आउनेछ । आफ्नै सन्तानले धोका दिन सक्नेछन्, गरेका प्रयास व्यर्थ हुनेछन्, पेट रोग वा कुनै न कुनै रोगले दुःख दिन सक्ने योगसमेत रहेको छ । खानपानमा निकै सतर्कता अपनाउनु राम्रो हुनेछ । आज यात्रामा ध्यान पुर्याउनुहोला । आज सरकारी काममा समस्या पर्नेेछ, छोराछोरीसँग पनि विवाद हुन सक्नेछ । व्यापारमा पनि घाटा व्यहोर्नुपर्ने अवस्था आउन सक्नेछ । आज आफन्तसँग कारोबार नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

मिथुनः आज स्वास्थ्य मजवुत रहनेछ र टाढाबाट धन प्राप्ति हुने ग्रहगोचर रहेको छ । यश, कीर्ति बढ्ने, आरोग्यता, प्रशन्नता, शत्रूमाथि तपाईंको जीत हुनेछ । आज सबै प्रकारको काममा सफलता मिल्न सक्नेछ, घरमा आफन्तको आगमनले नयाँ चहलपहल हुनेछ । राम्रो समयको उचित सदुपयोग गरी काम गर्नुहोला । आज स्वास्थ्य राम्रो रहनेछ । आदरसत्कार पाइने ठाउँमा सहभागी भइनेछ । नयाँ व्यवसायमा लगानी आज गर्दा राम्रो हुनेछ । टाढाको यात्रा सोचेअनुरुपकै सफल हुनेछ । शैक्षिक क्षेत्रबाट सुखद् नतिजा मिल्ने ग्रह गोचर देखिन्छ ।

कर्कटः आज एक्कासि धन लाभका अवसर मिल्नेछ । मानसम्मान प्राप्त हुनेछ । जमिन लाभ, आफन्तसँग भेट हुने मौका, जताबाट पनि हर्ष र खुशीका खबर पाइनेछ । समय अत्यन्तै शुभ रहेको छ, सदुपयोग गर्नसके सर्वाधिक फाइदा हुुनेछ । आज जे पेशामा संलग्न भए पनि आम्दानी राम्रो हुनेछ । जलखेती गर्न मन भए आजै शुरुआत गर्नुहोला । पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट निकै उपलब्धिमूलक रहनेछ, आज जे-जे काम शुरूआत गरे पनि त्यसबाट परिणाम राम्रो पाइनेछ ।

सिंहः आज स्वास्थ्य भरपर्दो रहने छैन, यात्रामा विघ्नबाधा आइलाग्नेछ । खानामा गडबडी हुन सक्ने भएकाले ध्यान दिनुहोला । आज कम्मर दुख्ने र शूल रोगले सताउन सक्नेछ । व्यवसायमा आर्थिक मन्दी आउने ग्रहगोचर छ । आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु अत्यन्त आवश्यक छ । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्न आवश्यक छ । व्यापारमा प्रतिस्पर्धी बढ्नाले तनाव उत्पन्न हुनेछ । फजुल खर्च बढ्ने छ भने आज ठगीमा परिने योग भएकाले दिनभरि सावधान रहनुहोला ।

कन्याः आज स्वास्थ्यमा समस्या आउन सक्छ । सोचे जतिका काम गर्न नसके पनि आंशिक पूरा हुनेछन् । आफ्नै कर्मचारीबाट तपाईंको बिरोध हुन सक्नेछ । तपाईंमाथि अपरिचित व्यक्तिले आक्रमण गर्न सक्ने गोचर रहेकाले सावधान रहनु अत्यन्त जरुरी छ । आफ्ना कमीकमजोरी के भइरहेका छन्, त्यसमा विचार पुर्याउनु र बेलैमा होस पुर्याउन जरुरी छ । आफ्नै कामबाट मन सन्तुष्ट हुने छैन । समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै उत्तम हुनेछ ।

तुलाः आज दिन शुभ छ । कसैसँग सापटी पैसा फिर्ता लिनुछ भने माग्न गएमा पाइने ग्रहगोचर छ । सोचेका काममा सफलता पाउँदा मानसिक शान्ति तथा आराम मिल्नेछ । परिवारका सदस्यको सहयोग राम्रो पाइने छ  आज जे काम गर्न बाँकी छन् ती काम पूरा गर्न सक्नुहुनेछ । गर्न खोजेका काममा सफलता हात नलाग्ने योग देखिन्छ । तर यात्रामा पनि झण्झट व्यहोर्नुपर्ने, अप्रिय खबर सुन्नुपर्ने अवस्था आउन सक्छ । मन पनि अशान्त हुने, पेट रोगले समेत सताउन सक्ने भएकाले सतर्क भएर अघि बढ्नुहोला ।

वृश्चिकः आज समय खराब छ । आफन्त इष्टमित्रले नै बिघ्नबाधा पार्ने छन् । तपाईंको मानसिक चञ्चलता बढ्ने छ भने गर्न खोजेका काममा सर्वत्र विघ्नबाधा देखा पर्नेछन् । सोचेका काममा उल्टा–उल्टा परिणाम आउने अवस्था पनि रहेको छ । शरीर जोगाई सतर्क रहेर काम गर्नुहोला । चिसोले सताउन सक्छ, खानपिनमा ध्यान पुर्याउनु होला । काममा ढिलासुस्ति र हेलचर्क्याइँले आफैलाई घाटा हुने भएकाले लगनशीलता बढाउनु होला । अरुको धेरै विश्वास र भरोसा नगर्नु होला । आज बढी महत्वाकांक्षी पनि नबन्दा राम्रो हुनेछ ।

धनुः आज समय शुभ छ, एक्कासि आम्दानी बढ्ने काम भेटिने छ । शैक्षिक प्रतिस्पर्धामा विजय र प्रख्याति मिल्ने दिन छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्ययन, अध्यापन एवं सन्तानबाट सन्तोष लिन सकिने छ । शुभ दिनको सदुपयोग गर्दै यसअघि अधुरा रहेका कामलाई पूर्णता दिनु बुद्धिमानी हुनेछ । आज माता भुवनेश्वरीको भक्तिभाव गर्दा निकै राम्रो हुनेछ । धार्मिक क्षेत्रमा लगानी र धार्मिक क्षेत्रकै यात्रा गर्नाले तपाईंलाई निकै लाभ मिल्नेछ ।

मकरः आज समय राम्रो छैन । खानेकुरामा गडबढी हुन सक्नेछ, कुनै व्यक्तिसँग विवाद पर्ने र जताबाट पनि चित्त दुख्ने समाचार सुनाउने छन् । घरमा आगलागी, चोरीको विशेष खतराका दिन रहनेछ, व्यर्थको तनावले स्वास्थ्यमा असर समेत पार्ने देखिन्छ, सचेत रहनुहोला । साथै छोराछोरीले धोका दिन सक्नेछन्, गरेका प्रयासहरू व्यर्थ हुनेछन्, पेट रोग वा कुनै न कुनै रोगले दुःख दिन सक्ने योग छ । आज खानपातमा विशेष सतर्कता अपनाउनु राम्रो हुनेछ, आज यात्रामा पनि ध्यान पुर्याउनुहोला ।

कुम्भः आज समय शुभ छ । लाभका अवसर हात पर्ने योग छ । स्वास्थ्यले राम्रो साथ दिनेछ, यसअघि बिरामी हुनुहुन्थ्यो भने आजबाट सुधार आउनेछ । उठ्नुपर्ने रकम उठ्नेछ, यश, प्रतिष्ठा बढ्ने कार्यमा सहभागी हुन पाइनेछ ।  घर परिवारमा विशेष परिवर्तन आउनेछ, विवादित मुद्दामा तपाईंको जीत हुनेछ । रोकिएका प्रायःजसो काम आज सम्पन्न हुनेछन्, टाढाको यात्रा सफल हुने र प्रियतम भेट हुने ग्रह गोचर देखिन्छ ।

मीनः आज समय मध्यम खालको छ, स्वास्थ्यको हिसावले राम्रो छ । सोचेका केही काम अधुरा रहनेछन्, गर्न खोजेका काममा ढिलासुस्तीसमेत हुनेछ। तपाईंको शिरमा चोट लाग्न सक्ने भएकाले सतर्क हुनुहोला । आज महिलासँगको सामान्य विवादमा ठूलै झगडा पर्ने सम्भावना बलियो छ । उठ्नुपर्ने पैसा समयमै नउठे पनि खर्चमा अत्यधिक वृद्धिले थप चिन्ता बढ्ने देखिन्छ, आफन्तसँग झगडा हुँदा ठूलै घाटा व्यहोर्नुपर्ने अवस्था रहने छ । आज कसैसँग विवाद गर्नु ठीक छैन, आज पूरै दिन सतर्क हुन आवश्यक छ ।

साहित (यात्रा): सूर्य वृश्चिक राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः३० बजेदेखि ७ः५० बजेसम्म उद्धेग बेला
बिहान ७ः५० बजेदेखि ९ः१० बजेसम्म चर बेला
बिहान ९ः१० बजेदेखि १०ः३० बजेसम्म लाभ बेला
बिहान १०ः३० बजेदेखि ११ः४९ बजेसम्म अमृत बेला
बिहानमा ११ः४९ बजेदेखि १ः०९ बजेसम्म काल बेला
दिनमा १ः०९ बजेदेखि २ः२९ बजेसम्म शुभ बेला
दिनमा २ः२९ बजेदेखि ३ः४९ बजेसम्म रोग बेला
दिनमा ३ः४९ बजेदेखि ५ः०९ बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः०९ बजेदेखि ६ः४९ बजेसम्म चर बेला
साँझ ६ः४९ बजेदेखि ८ः२९ बजेसम्म लाभ बेला
राति ८ः२९ बजेदेखि १०ः१० बजेसम्म अमृत बेला
राति १०ः१० बजेदेखि ११ः५० बजेसम्म काल बेला
राति ११ः५० बजेदेखि १ः३० बजेसम्म शुभ बेला
राति १ः३० बजेदेखि ३ः१० बजेसम्म रोग बेला
रातिमा ३ः१० बजेदेखि ४ः५१ बजेसम्म उद्धेग बेला
रातिमा ४ः५१ बजेदेखि ०६ः३१ बजेसम्म चर बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.