Nidan Media

युवालाई नयाँ नेताको रुपमा तयार पार्ने प्रचण्डको जिकिर

पोखरा। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ पुस्तालाई वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रुपमा तयार पार्ने जिम्मेवारी रहेको बताएका छन् ।

‘जेन-जीसँग नेपाली कम्युनिष्ट पार्टी’ विषयक कार्यक्रममा उनले आउने चुनावमा धेरैभन्दा धेरै युवाहरूलाई अवसर दिने, पार्टी कमिटीमा धेरैभन्दा धेरै युवालाई ल्याउने संकल्प गर्ने अवस्था आएको भन्दै नयाँ पुस्तालाई बढी भन्दा बढी जिम्मेवारी दिने र त्यसमा पूराना पुस्ताका क्रान्तिकारीहरूको जिम्मेवारी रहेको बताए ।

यस्तै, उनले युवालाई उत्तराधिकार निर्माण गर्ने र जिम्मेवारी दिने संकल्प र सपना देख्नुपर्ने भन्दै अब युवालाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्ने बताए ।

जेनजी पुस्ताका युवाले भदौ २३ र २४ गते जस्तो नेतृत्व लिएको थियो त्यसले देश र संसारभर रहेका नेपालीलाई झक्झकाउने र एउटा नयाँ चेतना तिर अघि बढ्न बाध्य बनाउने काम गरेको पनि उनको भनाइ छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.