काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल टी-२० क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स भिड्दै छन् ।
खेलको समय फेरिएको छ । यो खेल बिहान ११ः१५ बजेदेखि नै हुनेछ । यसअघि पहिलो खेल ११ः४५ बजे हुँदै आएको थियो ।
दुवै टिम दोस्रो खेल खेल्दैछन् । लुम्बिनीले पहिलो खेल जितेको थियो भने कर्णालीले हारेको थियो ।
दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौँ गोर्खाज भिड्दै छन् । खेल दिउँसो ३ः३० बजेदेखि शुरू हुँदैछ ।
दोस्रो खेल यसअघि ४ बजेदेखि हुँदै आएको थियो ।
विराटनगरले दोस्रो खेल खेल्दैछ । पहिलो खेल विराटनगरले जितेको थियो । काठमाडौँले तेस्रो खेल खेल्दैछ ।
पहिलो खेल जितेको काठमाडौँले दोस्रो खेल हारेको थियो ।
आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिम लगातार दुई जितसहित ४ अंकबाट शीर्ष स्थानमा छ ।
विराटनगर र लुम्बिनीले शतप्रतिशत नतिजासहित २ अंक बटुलेका छन् ।
काठमाडौँ र चितवनले एक खेलमा जित र एकमा हार बेहोरेको छ ।
पोखराले दुवै खेल हारेको छ । जनकपुर र कर्णालीले एक एक खेल हारेका छन् ।





