Nidan Media

पोखरा एभेन्जर्सलाई १९४ रनको चनाैती

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल टी-२० क्रिकेटको छैटौँ खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिडिरहेका छन् ।

जितका लागि पोखराले १९४ रनको चुनौती पाएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९३ रन बनायो ।

पहिलो विकेटका लागि १०८ रनको साझेदारी गर्ने क्रममा जोश ब्राउनले ३५ बलमा ६८ तथा विनोद भण्डारीले ४२ बलमा ४३ रन बनाए ।

त्यस्तै क्रिस लिनले १३ बलमा ३१ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले १० बलमा १५ रन जोडे ।

जेम्स नीशमले ३ तथा आाकाश चन्द र डान डटवेटले २-२ विकेट लिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.