Nidan Media

आज बढ्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनचाँदीकाे भाउ बढेको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा सात सय र  चाँदीकाे ३५ रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ४३ हजार रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन यसअघि बुधबार दुई लाख ४२ हजार तीन सय रुपैयाँ रहको थियो ।

यसैगरी, बिहीबार असली चाँदीको मूल्य प्रतितोला तीन हजार एक सय ८५ रुपैयाँ कायम भएको छ।

यसअघि चाँदीको भाउ बुधबार तीन हजार एक सय ५० रुपैयाँमा रहेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.