Nidan Media

विष्णुको प्रिय दिनमा यस्तो हुनेछ बिहीबारको राशिफल

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ मंसिर ४ गते बिहीबार, इस्वीसंवत नभेम्बर २० तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षकृष्णपक्षको अमावश्य तिथि बिहानमा ११ः०८ बजेसम्म त्यसपछि प्रतिपदा तिथि लाग्नेछ । नक्षत्रमा विशाखा बिहानमा १०ः४५ बजेसम्म त्यसपछि अनुराधा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शोभन १० घटि ४२ पलासम्म त्यसपछि अतिगण्ड योग लाग्नेछ । करणमा किंष्तुध्न रहनेछ । आनन्दादि योगमा प्रवर्द्ध रहनेछ ।

सूर्य वृश्चिक राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान २६ घटि ३६ पला अर्थात १० घण्टा ४१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः३० बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः०८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ६ः२६ बजे र अस्ताउने समय साँझमा ४ः५५ बजे रहेको छ । आज विश्व बाल दिवस र विश्व दर्शन शास्त्र दिवस रहेको छ ।

आजको राशिफल

मेषः आज समय शुभ रहनेछ । विशेष अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । पछिसम्म फाइदा हुने काम हात लाग्नेछ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । व्यापार, साँझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । दिगो योजना प्रारम्भ गर्ने समय छ । सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम पनि प्राप्त हुनेछ ।

वृषः आजसमय खराब छ । विवादास्पद काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । अवसरवादीबाट सजग रहनुहोला । आफ्नै कमजोरीले चिन्ता बढाउन सक्छ । परिस्थिति अलि संघर्षपूर्ण रहला । जबरजस्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ नदिन सक्नेछन्, सतर्क हुन आवश्यक छ । आज आर्थिक कारोबार नगर्नुहोला ।

मिथुनः आज समय राम्रो छ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर र सफलताले पच्छ्याउनेछन् । टाढिएका शुभचिन्तक नजिकिनाले मनमा प्रशन्नता मिल्नेछ । धार्मिक र सेवामूलक काममा सहभागी भइनेछ । आवश्यक पर्दा सहयोगीको साथ पाइनेछ । आथिैक अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ । समय सही सदुपयोग गर्नुभएमा निकै राम्रोहुनेछ ।

कर्कटः आज समय खराब रहनेछ । आज व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याएर गर्नुपर्ने स्थिति आउन सक्छ । तनावमा  काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ । समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । कामको चाप पनि बढ्ने देखिन्छ ।

सिंहः आज समय शुभ छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम शुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि मिहिनेत गर्दा प्रशस्त धन आर्जन हुने समय छ ।

कन्याः आज समय मध्यम खालको छ । यसअघि वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले महत्वपूर्ण काम रोकिने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । गलत आक्षेप लगाउनेहरूले दुःख दिनेछन् । मानसम्मानमा आघात पुग्न सक्छ । तापनि, शुभचिन्तकको माध्यमबाट स्थितिमा सुधार आउनेछ ।

तुलाः आज स्वास्थ्य राम्रो छैन । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । अरूका काममा धेरै समय खर्चनुपर्ला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । बाध्यताले अलमल्याउन सक्छ । पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ ।

वृश्चिकः आज परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्नेछ । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा निकै दौडधूप गर्नुपर्ला । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पला । टाढाको यात्रा गर्ने अवसर भने प्राप्त हुन सक्ने देखिछ ।

धनुः आज समय राम्रने रहनेछ । नोकरीमा प्रतिस्पर्धीलाई हराउँदै अघि बढ्न सकिनेछ भने शत्रुता राख्नेहरु आफै पाखा लाग्नेछन् । विवादित निर्णय तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउने हुँदा घर परिवार तथा आफन्त खुशी हुनेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी हुने योग रहेको ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

मकरः आज स्वास्थ्य राम्रो रहनेछ । न्यायिक निर्णय तथा कानूनी फैसला तपाईंकै पक्षमा आउनेछन् । पढाइलेखाईमा मन जाने हुनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित गर्न सकिनेछ । भाग्यले साथ दिने हुनाले आज थोरै लगानीबाट मनग्य आम्दानी गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेम झन् कसिलो भएर जानेछ ।

कुम्भः आज समय खराब नै रहनेछ । समय अनुकुल नहुनाले आमा तथा परिवारका सदस्य तपाईदेंखि टाढिन सक्छन्, ध्यान दिनुहोला । विद्यार्थीले पढाइलेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउन गाह्रो पर्नेछ । राजनीति तथा समाज सेवामा अलि बढी गम्भीरता अपनाउनुहोला, किनकी आलोचना गर्ने व्यक्ति सक्रिय रहनेछन्, सतर्क हुनुहोला । आज मनले चिताएका काम पूरा गर्न शिवजीको दर्शन गर्नुहोला ।

मीनः आज समय खराब रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, नराम्रा घट्ना घट्न सक्छ । प्राकृतिक स्रोत तथा सरकारी धनको सही परिचालन गर्न नसक्दा आम्दानीका बाटा साघुरा हुनेछन् । पढाइलेखाई तपाई आफ्नै कारणले बिग्रनेछ भने मनोबल कमजोर हुँने हुँदा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । प्रेममा वैमनस्यता बढेर जाने योग रहेको छ भने जीवन साथीसँग झगडा हुने ग्रहयोग रहेको छ ।

साहित (यात्रा): सूर्य वृश्चिक राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः२२ बजेदेखि ७ः४३ बजेसम्म शुभ बेला
बिहान ७ः४३ बजेदेखि ९ः०४ बजेसम्म रोग बेला
बिहान ९ः०४ बजेदेखि १०ः२६ बजेसम्म उद्धेग बेला
बिहान १०ः२६ बजेदेखि ११ः४७ बजेसम्म चर बेला
दिनमा ११ः४७ बजेदेखि १ः०९ बजेसम्म लाभ बेला
दिनमा १ः०९ बजेदेखि २ः३० बजेसम्म अमृत बेला
दिनमा २ः३० बजेदेखि ३ः५१ बजेसम्म काल बेला
दिनमा ३ः५१ बजेदेखि ५ः१३ बजेसम्म शुभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः१३ बजेदेखि ६ः५१ बजेसम्म रोग बेला
साँझ ६ः५१ बजेदेखि ८ः३० बजेसम्म उद्धेग बेला
राति ८ः३० बजेदेखि १०ः०९ बजेसम्म चर बेला
राति १०ः०९ बजेदेखि ११ः४८ बजेसम्म लाभ बेला
राति ११ः४८ बजेदेखि १ः२६ बजेसम्म अमृत बेला
राति १ः२६ बजेदेखि ३ः०५ बजेसम्म काल बेला
रातिमा ३ः०५ बजेदेखि ४ः४४ बजेसम्म शुभ बेला
रातिमा ४ः४४ बजेदेखि ०६ः२२ बजेसम्म रोग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.