Nidan Media

आज एकै दिनमा दुई पटक लाभ बेला परेको छ, श्रीकृष्णको प्रिय दिनमा राशिफल कस्तो होला ?

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ मंसिर ३ गते बुधबार, इस्वीसंवत नभेम्बर १९ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षकृष्णपक्षको चतुर्दशी तिथि बिहानमा ९ः०१ बजेसम्म त्यसपछि अमावश्य तिथि लाग्नेछ । नक्षत्रमा स्वाति बिहानमा ८ः२२ बजेसम्म त्यसपछि विशाखा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सौभाग्य ९ घटि २७ पलासम्म त्यसपछि शोभन योग लाग्नेछ । करणमा चतुष्पद रहनेछ । आनन्दादि योगमा धूम्र रहनेछ ।

सूर्य वृश्चिक राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान २६ घटि ३९ पला अर्थात १० घण्टा ४२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः२९ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः०८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ५ः३१ बजे र अस्ताउने समय दिनमा ४ः१७ बजे रहेको छ ।

आजको राशिफल

मेषः आज समय शुभ, स्वास्थ्य भरपर्दो रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानसिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । यसअघि रोकिएका सबै काम आज पूरा हुनेछन् । समयको सही उपयोग अवश्य गर्नुहोला । तर दिनमा ३ बजेपछि समय त्यति शुभ नहुने भएकाले सतर्क भएर काम गर्नुहोला ।

वृषः आज समय खराब रहनेछ । चिसोका कारण पेट दुख्ने रोगले दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । आज गरेको लगानीबाट नोक्सानी हुन सक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला । आज टाढाको यात्रामा नजाँदा राम्रो हुनेछ । सामाजिक एवं धार्मिक कार्यका लागि भने समय शुभ रहेको छ ।

मिथुनः आज समय शुभ छ । व्यापारमा सबै प्रकारले लाभ मिल्नेछ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ । उठ्नुपर्ने रकम उठ्नेछ । राम्रो मुनाफा बढ्ने काममा लगानी गर्नुभएमा राम्रो परिणाम पाइनेछ । घरमा नयाँ सामान किनमेल हुनेछ । आज धार्मिक यात्राले लाभ मिल्नेछ । धार्मिक कार्यमा गरेको लगानीले पनि राम्रो नाम कमाउन सकिनेछ । आज भोका व्यक्तिलाई भोजन दान गर्नु भएमा तपाईंको मन शान्त हुनेछ ।

कर्कटः आज समय मध्यम खालको छ । कुनै पनि ठाउँको भ्रमण गर्नु पनि उचित छैन । तपाईं आज पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । त्यसैले जे काम गर्नुछ यही आज थालनी गर्नुभएमा मध्यम राम्रो हुनेछ । वैदेशिक रोजगारबाट धन प्राप्त हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

सिंहः आज स्वास्थ्य भरपर्दो रहने छैन । गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, पेट रोगले सताउने, खानामा गडबडी, दुःखको समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परे पनि निराश र हतास नहुनुहोला । आज टाढाको यात्रा नगर्नुहोला । शैक्षिक क्षेत्रबाट भने राम्रो फाइदा पाइनेछ । श्रीमान र श्रीमतीको बीचमा तनाव उत्पन्न हुन सक्ने ग्रहगोचर पनि रहेको छ, सतर्क हुनुहोला ।

कन्याः आज समय खराब रहनेछ । मानसिक चिन्ता थपिनेछ । आज नबोलाएको ठाउँमा नजानु होला । आफन्तबाट नै बद्नाम अपमानको सम्भावना छ । घरमा तथा परिवारका लागि अनावश्यक खर्च हुने अवस्था छ । सकेसम्म जसको जे काम गर्नु छ, उही व्यक्तिसँग पैसा लिएर काम गर्ने गर्नुहोला । आज दिनमा ३ बजेपछिको समय मध्यम शुभ रहनेछ । आज धार्मिक यात्रा गर्दा निकै राम्रो फाइदा हुनेछ ।

तुलाः आज समय शुभ र स्वास्थ्य राम्रो रहनेछ । आशा नै नगरेको ठाउँबाट धन प्राप्त हुन सक्नेछ । अरूलाई प्रभावित पारेर आफ्नो काम बनाउन सकिने समय छ । प्रशंसक बढ्नेछन् । सहयोगीले काममा साथ दिनेछन् । आजको दिन राम्रै फाइदाको योग छ । विगतको परिश्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुने भने यसअघि दिइएका परीक्षाबाट उत्कृष्ट नतिजा प्राप्त हुनेछ ।

वृश्चिकः आज समय खराब रहनेछ । आज जे काम गर्नुहुन्छ त्यसमा अत्यन्त सतर्क ह्ुन आवश्यक छ । वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला । जे काम गर्दा पनि नकारात्मक नतिजा आउनेछ । यात्रा सकसपूर्ण ु झन्झटिलो हुनेछ । तर व्यापार व्यावसायमा सन्तोष जनक प्रगति हुनेछ । आज आफन्तसँग कारोबार नगर्नुहोला । सन्ताबाट पनि तपाईंलाई समस्या पर्ने भएकाले सतर्क हुन आवश्यक छ ।

धनुः आज समय शुभ रहने छ भने स्वास्थ्य पनि भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहनेछ । आज त्यति दौडधूप गर्नुपर्ने छैन । परिवारका सदस्यबाट राम्रो सहयोग हुनेछ । सबै काम सजिलै सम्पन्न गर्न सकिनेछ । आज दिउसो ३ बजेपछि स्वस्थ्यमा केही समस्या देखिने भएकाले विशेषगरि खानपानमा ध्यान पुर्याउन आवश्यक छ ।

मकरः आजको दिन जोखिम पाराले बित्नेछन् । आफन्त कुलकुटुम्बका व्यक्तिजन एवं मित्रजनसँग वैरभाव उत्पन्न हुनेछ । धनहानी हुनुका साथै पूर्ण हुन लागेको कार्य बिग्रन सक्छ । दाजुभाइ बीचमा तिक्तता बढ्ने अवस्था छ । तर दिनमा ३ बजेपछि शुभ ग्रहको प्रत्यक्ष प्रभाव पर्नेछ । धन कमाउने अवसर मिल्नेछ । परिवारजनलाई खुसी र सुखी बनाउन सकिनेछ । धार्मिक एवं सामाजिक कार्यमा प्रशंसा मिल्नेछ ।

कुम्भः आज समय शुभ छ । आजदेखि दुःख कष्ट हराउनेछन् । स्वच्छ, निश्चल सोचाई बढ्ने छन् । विशेषगरी आज पढाइलेखाई, कलाकृतिका काम तथा परीक्षा र प्रयोगात्मक कार्यमा ठूलो सफलता मिल्ने देखिन्छ । आकस्मिक धन, मान र काम प्राप्त गर्ने ग्रह योग परेको छ । अरु व्यक्तिले तपाईंको कामका् प्रशंसा गर्नेछन् । तर दिउसो ३ बजेपछि भने हरेक कार्यमा होसियार भएर काम गर्न सक्नुहुनेछ । आज जे काम देवीको दर्शन गरेर गर्दा राम्रो हुनेछ ।

मीनः आज पनि समय खराब छ । आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । त्यसैले मानसिक असन्तुष्टिको अनुभव हुनेछ । घनिष्ट मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला । टाढाको यात्रामा निकै ध्यान दिन आवश्यक छ । आज दिनमा ३ बजेपछि समय शुभ हुने देखिन्छ । यात्रा र लेनदेन पनि यसै समयमा मात्र गर्नुहोला ।

साहित (यात्रा): सूर्य वृश्चिक राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले दक्षिण र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः२२ बजेदेखि ७ः४३ बजेसम्म लाभ बेला
बिहान ७ः४३ बजेदेखि ९ः०४ बजेसम्म अमृत बेला
बिहान ९ः०४ बजेदेखि १०ः२६ बजेसम्म काल बेला
बिहान १०ः२६ बजेदेखि ११ः४७ बजेसम्म शुभ बेला
दिनमा ११ः४७ बजेदेखि १ः०९ बजेसम्म रोग बेला
दिनमा १ः०९ बजेदेखि २ः३० बजेसम्म उद्धेग बेला
दिनमा २ः३० बजेदेखि ३ः५१ बजेसम्म चर बेला
दिनमा ३ः५१ बजेदेखि ५ः१३ बजेसम्म लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः१३ बजेदेखि ६ः५१ बजेसम्म अमृत बेला
साँझ ६ः५१ बजेदेखि ८ः३० बजेसम्म काल बेला
राति ८ः३० बजेदेखि १०ः०९ बजेसम्म शुभ बेला
राति १०ः०९ बजेदेखि ११ः४८ बजेसम्म रोग बेला
राति ११ः४८ बजेदेखि १ः२६ बजेसम्म उद्धेग बेला
राति १ः२६ बजेदेखि ३ः०५ बजेसम्म चर बेला
रातिमा ३ः०५ बजेदेखि ४ः४४ बजेसम्म लाभ बेला
रातिमा ४ः४४ बजेदेखि ०६ः२२ बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः मध्यान्हमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.