सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ मंसिर २ गते मंगलबार, इस्वीसंवत नभेम्बर १८ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षकृष्णपक्षको त्रयोदशी तिथि बिहानमा ७ः०८ बजेसम्म त्यसपछि चतुर्दशी तिथि लाग्नेछ । नक्षत्रमा स्वाति अहोरात्र रहनेछ । विष्कुम्भादि योगमा आयुष्मान ८ घटि ३५ पलासम्म त्यसपछि सौभाग्य योग लाग्नेछ । करणमा भद्रा रहनेछ । आनन्दादि योगमा ध्वज रहनेछ ।
सूर्य वृश्चिक राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान २६ घटि ४१ पला अर्थात १० घण्टा ४३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः२८ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः०९ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ४ः३५ बजे र अस्ताउने समय भोलि दिनमा ३ः४४ बजे रहेको छ ।
आजको राशिफल
मेषः आज समय शुभ रहनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्य धन लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश वृद्धिको सम्भावना रहेको छ । पढाइलेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएका मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ ।
वृषः आज समय शुभ छ, स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने विभिन्न रमाइला स्थलको भ्रमण गर्न सकिनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले मनले चाहेका कामहरू समयमै बन्नेछन् । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नीबिच मायाको डोरो अझै कसिलो भएर जानेछ । न्यायिक निर्णयहरू तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।
मिथुनः आज समय खराब रहनेछ । माया प्रेममा सामान्य खटपटको योग रहेको छ भने जीवन साथीको असहयोगले काम समयमा सम्पन्न नहुने देखिन्छ । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिए पनि उपलब्धी न्यून हुनेछ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै संघर्ष गर्नुपर्नेछ भने सवारीसाधन तथा घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानी हुनेछैन । पढाइलेखाइमा भने समय दिन सके सफलता हात लाग्नेछ ।
कर्कटः आज स्वास्थ्य भरपर्दो रहने छैन । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समयदेखिको सम्बन्ध टुट्न सक्छ । आज सकभर टाढाको यात्रामा नगर्दा राम्रो हुनेछ । अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा विदेश तथा विदेशसँग सम्बन्धित काम रोकिन सक्छ । तर पनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेका लागि भने समय फलदायी रहनेछ । विदेशी लगानीमा सञ्चालित संस्थाबाट मनग्य लाभ लिन सकिनेछ । आज नयाँ व्यवसायका लागि धन लगानी नगर्दा नै राम्रो हुने ग्रह गोचर रहेको छ ।
सिंहः आज समय शुभ छ । कर्म क्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । व्यापार फस्टाएर जानेछ भने आर्थिक अवस्था मजबुत हुनेछ । राजनीति तथा समाज सेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोजगार पाइने समय रहेको छ भने गरिरहेको काममा बढोत्तरीको प्रशस्त सम्भावना छ । तपाईँको शालीन स्वभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय पनि रहेको छ । आज मातापिताबाट आशिर्वाद लिएर नयाँ कामको थालनी गर्नुभएमा राम्रो हुनेछ ।
कन्याः आज समय खराब छ । आफन्त तथा चेली माइती बीच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ, सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ, ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ । समय तथा परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइनेछ । साँझपख भने धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ । आज आफन्तसँग कारोबार तपाईंको हातबाट नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।
तुलाः आज समय अत्यन्तै शुभ छ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामबाट भनेजस्तै आम्दानी हुनेछ । शिक्षा तथा बैँकसँग सम्बन्धित कामबाट मनग्य आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले महत्वपूर्ण काम गर्न सकिनेछ । आज तपाईंको इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुने दिन रहेको छ ।
वृश्चिकः आज समय खराब छ । छिटो प्रतिफल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । प्रयत्न गरेका काम विस्तारै सम्पादन हुनेछन् । अध्ययनमा सामान्य उपलब्धि हुनेछ । काममा बाधा पुर्याउनेहरू सक्रिय हुनाले सजग हुनुपर्नेछ । मनले चाहेका काम पूर्ण नभए पनि फाइदाको स्रोत पहिल्याउन केही समय लाग्ने देखिन्छ । पारिवारिक कलह हुन सक्ने भएकाले तपाईं तटस्थ रहन आवश्यक छ ।
धनुः आज स्वास्थ्यमा एक्कासि समस्या आउने, चोटपटक लाग्न सक्नेछ । तपाईंलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ने ग्रह गोचर रहेको छ । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।
मकरः आज स्वास्थ्य सबल रहनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग रहेको छ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । व्यवसायका लागि यात्राको सम्भावना रहेको छ । दाम्पत्य जीवनमा आत्मीयता बढ्नाले मन प्रफुल्लित हुनेछ । धार्मिक कार्यमा धन लगानी गर्दा उच्च प्रतिफल प्राप्त हुनेछ ।
कुम्भः आज समय खराब छ, स्वास्थ्यमा समस्या आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्नेछ । छिमेकमा असमझ्दारी बढ्ने देखिएकाले होसियारीका साथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने ग्रह गोचर रहेको छ । आज साँझपख आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ । आफन्तसँग भने कारोबार नगर्नुहोला । केही खर्च लागे पनि यात्रा फलदायी हुने देखिन्छ ।
मीनः आज समय मध्यम खालको छ । कडा परिश्रम गर्दा पनि प्रतिफल न्यून आउने हुनाले मन खिन्न हुनेछ । व्यापारमा घाटा लाग्ने योग रहेको छ भने व्यापारको सिलसिलामा गरिने यात्रा निरर्थक हुनेछ । सवारीसाधन तथा विलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । आत्मबल गुमाउँदा आँफैलाई घाटा लाग्न सक्छ । आज गौमातालाई खानेकुरा दिँदा निकै राम्रो हुनेछ, तपाईंको मन शान्त हुनेछ ।
साहित (यात्रा): सूर्य वृश्चिक राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले दक्षिण र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व, उत्तर र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः२२ बजेदेखि ७ः४३ बजेसम्म अमृत बेला
बिहान ७ः४३ बजेदेखि ९ः०४ बजेसम्म काल बेला
बिहान ९ः०४ बजेदेखि १०ः२६ बजेसम्म शुभ बेला
बिहान १०ः२६ बजेदेखि ११ः४७ बजेसम्म रोग बेला
दिनमा ११ः४७ बजेदेखि १ः०९ बजेसम्म उद्धेग बेला
दिनमा १ः०९ बजेदेखि २ः३० बजेसम्म चर बेला
दिनमा २ः३० बजेदेखि ३ः५१ बजेसम्म लाभ बेला
दिनमा ३ः५१ बजेदेखि ५ः१३ बजेसम्म अमृत बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः१३ बजेदेखि ६ः५१ बजेसम्म काल बेला
साँझ ६ः५१ बजेदेखि ८ः३० बजेसम्म शुभ बेला
राति ८ः३० बजेदेखि १०ः०९ बजेसम्म रोग बेला
राति १०ः०९ बजेदेखि ११ः४८ बजेसम्म उद्धेग बेला
राति ११ः४८ बजेदेखि १ः२६ बजेसम्म चर बेला
राति १ः२६ बजेदेखि ३ः०५ बजेसम्म लाभ बेला
रातिमा ३ः०५ बजेदेखि ४ः४४ बजेसम्म अमृत बेला
रातिमा ४ः४४ बजेदेखि ०६ः२२ बजेसम्म काल बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।





