Nidan Media

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय तोकियो

पाेखरा। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकी छन् ।

सोमबार हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्यु दण्डको सजाय सुनाइएको बीबीसीले जनाएको छ ।

हसिना हाल भारतमा निर्वासित जीवन बिताइरहेकी छन् । गत वर्ष बंगलादेशमा भएको विद्यार्थीको विद्रोहमा हसिनाले घातक दमनकारी कारबाही गर्न आदेश दिएको आरोप लागेको थियो । सो मुद्दामा अदालतमा महिनौंसम्म बहस चलेर सोमबार फैसला आएको हो ।

न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) इजलासले तत्कालीन प्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको हो ।

तत्कालीन प्रधानमन्त्री हसिनाले प्रदर्शन दवाउन तथा आन्दोलनकारीलाई खोज्न तथा पहिचान गर्न सुरक्षा निकायलाई ड्रोन प्रयोग गर्न, प्रदर्शनकारी भेला भएको स्थानमा हेलिकोप्टरबाट बम खसाल्न अनुमति दिएको अदालतको ठहर छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.