Nidan Media

एनपीएल आजदेखि, उद्घाटन खेल जनकपुर र काठमाडौँबीच हुने

पोखरा । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरू हुँदैछ। उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । खेल अपरान्ह ४ बजे शुरू हुनेछ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन्। यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने क्यानले जनाएको छ। पहिलो दिनको खेलको टिकट तीन दिन अगाडि नै बिक्री भइसकेको क्यानका सचिव पारस खड्काले जानकारी दिए ।

एनपीएल मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदैछन्।

एद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ एक हजार पाँच सय रुपैयाँ तथा लिग चरण र अन्य दिनका खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार रुपैयाँ तोकिएको छ।

साथै प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपैयाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपैयाँ तय गरेको छ।

एनपीएलमा साविक विजेता जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगितामा दोस्रो दिन मंगलबार चितवन राइनोज र कर्णाली याक्सले पहिलो प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।

प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरुप एक करोड १० लाख रुपैयाँ प्रदान गरिनेछ। यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने र५१ लाख, तेस्रो स्थान हासिल गर्नेले २५ लाख तथा चौथो हुनेले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.