Nidan Media

साताको पहिलो दिनमै नेप्सेमा गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । अघिल्लो कारोबार बिहीबार ०दशमलव३१ अंकले बढेर २५४४दशमलव९१ विन्दुमा उक्लिएको नेप्से परिसूचक आइतबार ५दशमलव१५ अंकले घटेर २५४०दशमलव५७ अंकमा झरेको छ ।

नेप्सेमा सामान्य अंकले गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको छ । बिहीबार ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँको ७६ लाख ५ हजार ५ सय कित्ता शेयर किनबेच भएको बजारमा यसदिन कुल ३३७ स्टकको ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँको ७९ लाख ५७ हजार कित्ता कारोबार भएको छ । यो किनबेच ४७ हजार १७६ पटकको कारोबारमा भएको हो ।

यसदिन सेन्सेटिभ इन्डेक्स १दशमलव४४ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०दशमलव५० अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०दशमलव५६ अंकले घटेको छ ।

यस दिन सागर डिस्टीलरी, बुङ्गल हाइड्रो, बन्दीपुर केबलकार र नबिल डिबेन्चरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिस्टलिरीको शेयर मूल्य प्रतिकित्ता ५१दशमलव४० रुपैयाँले बढेर ५६५दशमलव७० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आइतबार कारोबारमा आएको मध्ये भूगोल इनर्जी डेभलप्मेन्टको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस कम्पनीको शेयर प्रतिकित्ता १० प्रतिशतले घटेर ६४४दशमलव४० रपैयाँमा अन्तिम कारोबार भएको छ ।

यस्तै, रुरु जलविद्युत कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले घटेको छ । कारोबार रकमका आधारमा यस दिन एसबिल डिबेन्चर ८९, नेपाल रि इन्स्योरेन्स कम्पनी र माउन्टेन इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।

यसदिन १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ ।

यस दिन होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ । यस दिन घटेका उपसमूहको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.