Nidan Media

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान

दाङ। लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आह्वान गरिएको छ ।

प्रदेशसभा सचिव दुलर्भकुमार पुनका अनुसार मङ्सिर ८ गतेदेखि शुरू हुने गरी प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गरिएको छ ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सोही दिन दिउँसो १ बजेदेखि अधिवेशनको आह्वान गरेको सचिव पुनले जानकारी दिए ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गरिएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.