काठमाडौँ । मकवानपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यानको ज्यान गएको छ ।
मृतक दुवैको पहिचान खुल्न बाँकी छ । मकवानपुरगढी गाउँपालिका वडा नं ५ र भीमफेदी गाउँपालिका वडा नं १ को सिमानास्थित बुङ्दल खोला पुल नजिक मोटरसाइकल दुर्घटना भएको हो ।
बा.प्र.०३-००५ प ७९८० नम्बरको मोटरासाइकल झण्डै ५० मिटर तल बुङ्दल खेलामा खसेरको प्रहरीले जनाएको छ।
घटना शनिबार राति भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
आइतबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





