पोखरा । मतदाता नामावली संकलनका लागि पाँच दिन म्याद थप भएको छ।
योसँगै मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
प्रधानमन्त्री, गृहमन्त्रीका साथै सरोकारवालाले मतदाता नामावली दर्ता गर्ने समय थप्न सुझाव दिएका थिए ।
मतदाता नामावली दर्ता गर्नेहरूको चाप पनि कायमै रहेको अवस्थामा पाँच दिन म्याद थप गरिएको आयोगले जनाएको छ ।
यसअघि सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो ।





