पोखरा। पूर्वीय संस्कृतिमा दियो बाल्नु धार्मिक अनुष्ठानको एक भाग मात्र होइन, ऊर्जा, विज्ञान र स्वास्थ्यसँग पनि जोडिएको छ।
गाईको शुद्ध घ्यूमा दियो बालिनु पूजाको हिस्सा त हो नै यसै वरपरको वातावरणलाई पनि शुद्ध बनाउँछ र मनलाई भित्रैदेखि शान्त बनाउँछ। आयुर्वेदका अनुसार, घ्यूको दियो केवल पूजाको सजावट मात्र हुँदैन ।
यो हाम्रो जीवनमा स्वास्थ्य, सकारात्मकता र आध्यात्मिकताको प्रकाश फैलाउने शक्तिशाली माध्यम हो। यो शरीर, मन र आत्माको लागि लाभदायक छ।
पहिलो र सबैभन्दा प्रत्यक्ष फाइदा नकारात्मक ऊर्जाको विनाश हो। हरेक बिहान र साँझ घरमा दियो बाल्नाले प्रकाश फैलाउँछ अनि वातावरणबाट नकारात्मक ऊर्जा पनि हटाउँछ। तेलको दियो निभेपछि आधा घण्टासम्म टिक्छ । तर घ्यूको दियो निभेपछि चार घण्टासम्म सकारात्मक ऊर्जा कायम राख्छ भन्ने मान्यता ।
अर्को प्रमुख फाइदा भनेको शुभ ऊर्जा आकर्षित गर्नु हो। सनातन परम्परा अनुसार जहाँ दैनिक दियो बालिन्छ, त्यहाँ अन्धकार, गरिबी र नकारात्मकता कहिल्यै रहँदैन। बलिरहेको घ्यूको दियो चुम्बक बन्छ जसले दैवीय शक्तिलाई आकर्षित गर्छ, जसले घरमा खुसी, शान्ति र समृद्धि ल्याउँछ।
तेस्रो महत्त्वपूर्ण पक्ष भनेको वातावरणीय शुद्धता हो। वैज्ञानिक दृष्टिकोणबाट, जब घ्यूको दियो बालिन्छ, यसको धुवाँले हानिकारक किटाणु र कणहरू नष्ट गर्छ। यो धुवाँले हावालाई शुद्ध र किटाणुमुक्त बनाउन मद्दत गर्छ। -एजेन्सी





