Nidan Media

पचासका ४२ करोड थान नयाँ नोट छापिँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइका लागि सम्झौता गरेको छ।

राष्ट्र बैंकले छिमेकी राष्ट्र चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’ सँग ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइका लागि करार सम्झौता गरेको हो।

राष्ट्र बैंकका अनुसार उक्त परिणाममा नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि सम्झौता गरिएको हो। यो सम्झौताको मूल्य करिब एक करोड ४२ लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले २०८२ साउन ९ गते (तदनुसार २५ जुलाई २०२५) राष्ट्रिय दैनिक दी राइजिङ नेपाल र बैंकको वेबसाइटमार्फत ५० दरको ४२ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि बोलपत्र आह्वान गरेको थियो।

बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये न्यूनतम मूल्य प्रश्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरिएको हो।

राष्ट्र बैंकले सार्वजनिक खरिद ऐन, २०६३ र खरिद निर्देशिका, २०६७ बमोजिम प्रक्रिया पूरा गरी सम्झौता सम्पन्न गरेको जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.