Nidan Media

आज राजस्थानसँग भिड्दै नेपाल

पोखरा । भारतमा आजबाट शुरू हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा नेपालले पहिलो खेलमा राजस्थानसँग प्रतिस्पर्धा गर्ने भएको छ।

भारतमा छ वटा मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्न लागेको नेपालले आज राजस्थानसँग प्रतिस्पर्धा गर्न लागेको हो।

कप्तान इन्दु बर्माको कप्तानीमा नेपाली टिम भारतका तीन टिमसँग दुई-दुई खेल खेल्दैछ।

नेपालले भारतको उत्तराखण्ड, बंगाल र राजस्थानका महिला क्रिकेट टिमसँग प्रतिस्पर्धा गर्नेछ । खेल नोभेम्बर १९ तारिखसम्म चल्नेछ ।

नेपालको टिममा कप्तान बर्मासँगै कविता कुँवर, सना प्रवीण, रुबिना क्षेत्री, अलिसा यादव, ईश्वरी विष्ट, रोमा थापा, आश्मा कर्माचार्य, सबनम राई, बिन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनिषा उपाध्याय, सिमाना केसी, ममता चौधरी छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.