पोखरा । कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती-बेनी खण्डमा कालोपत्र गर्न शुरू गरिएको छ। यो सडक मालढुङ्गा-बेनी खण्ड र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो।
बिहीबारदेखि फर्से-बेनी सडक कालोपत्र गरिनेछ। १३ किलोमिटर लामो मालढुङ्गा-बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा दुई किलोमिटर ढलान भइसकेको छ ।
मालढुङ्गा-बेनी सडकअन्तर्गत पर्वतको कुश्मा नगरपालिका वडा नं १ मालढुङ्गादेखि जलजला गाउँपालिकावडा नं ८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर कालोपत्र भइसकेको बेनी-जोमसोम-कोरला सडक योजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईले जानकारी दिए ।
मालढुङ्गा-बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्नका लागि विसं २०७७ साल चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो।





