काठमाडौँ। हाल देशभर कुनै पनि मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी देशका भागमा मौसम मुख्यतया सफा रहनेछ।महाशाखाका अनुसार, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ।