Nidan Media

ट्याक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

मुगु । मुगुमा गए राति ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाजुरा गौमुल गाउँपालिका वडा नं ३ का २४ वर्षीया सुरेश रोकाया छन् ।

बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युतको सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु५त १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।

विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब सात सय मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको र हुम्ला अदानचुली-२ का २८ वर्षीया रेशम भण्डारी सख्त घाइते भएको सोरुकोट प्रहरी चौकीका बलवीर लावडले जानकारी दिए ।

घाइते लवड जिल्ला अस्पताल मुगु लगिएको छ । ट्याक्टरमा चालक रोकाया र भण्डारी दुई जनामात्र सवार रहेको लावडले बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.